सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

जेनजी प्रदर्शनमा घाइतेको वर्गीकरण हुँदै

जेनजी प्रदर्शनमा घाइतेको वर्गीकरण हुँदै

गृह मन्त्रालयको पत्रअनुसार २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरुको वर्गीकरण गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको प्राविधिक समितिसमक्ष विवरण पठाउन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०८२, शुक्रबार

पोखरा/जेनजी प्रदर्शनको क्रममा घाइते बनेकाहरुको वर्गीकरण गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गर्दै घाइते परिचयपत्र प्राप्त गरेकाहरुलाई सम्पर्कमा आउन भनेको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भई उपचारपछि पनि पूर्ण रुपमा निको नभएका व्यक्तिहरुको मंसिर ७ गते (आइतबार) वर्गिकरण गर्ने जनाएको हो ।

प्रशासनले घाइते भएकाहरुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ओपिडी भवनस्थित जेनजी क्लिनिक कोठामा पूर्वाह्न १० बजेदेखि दिउँसो १ बजेसम्म उपस्थित हुन आग्रह गरेको छ ।

सूचनामा मंसिर ७ गते गृह मन्त्रालयको पत्र तथा ‘जेनजी प्रदर्शनका घाइतेहरुको वर्गीकरणसम्बन्धी कार्यविधि २०८२’ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित वर्गीकरण सहजीकरण समितिले घाइतेहरुलाई तोकिएको समय र स्थानमा उपस्थित हुन भनेको छ ।

गृह मन्त्रालयको पत्रअनुसार २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरुको वर्गीकरण गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको प्राविधिक समितिसमक्ष विवरण पठाउन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए ।

प्रदर्शनका क्रममा घाइते भइ प्रशासनबाट ‘जेनजी’ घाइते परिचयपत्र लिइसकेका तर उपचारपछि पनि पूर्ण रुपमा निको नभई हालसम्म घाइते अवस्थामै रहेका व्यक्तिहरु पहिलो चरणको वर्गीकरणमा पर्नेछन ।

वर्गीकरण हुन चाहने घाईतेहरुले घाइते परिचयपत्र र आफूले उपचार गरेको विवरण तथा अन्य कागजातसहित उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ । जेनजी आन्दोलनको क्रममा कास्कीमा ९२ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->