पोखरा/फिस्टेल आइभीएफ इण्ड फर्टिलिटी सेन्टरले आफ्नो स्थापनाको पहिलो एक वर्ष सफलतासाथ पूरा गरेको छ ।
फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरको भगिनि संस्थाको रुपमा २०८१ मंसिर ३ गते स्थापना भएको फिस्टेल आइभीएफले स्थापना भएको एकएक वर्ष पूरा गरेको उपलक्ष्यमा वार्षिक प्रगति र आगामी लक्ष्यका बारेमा एक सेलब्रेसन कार्यक्रम आयोजना गरी जानकारी दिएको छ ।
फिस्टेल आइभीएफ अन्तराष्ट्रियस्तरको सेवाका लागि प्रतिवद्ध रहि अत्याधुनिक प्रविधिसहित स्थापना भएको हो । आधुनिक प्रविधि, अनुभवि चिकित्सक र सेवामा समिर्पित टिमसहित निःसन्तानपनका बारेमा अन्तर्राष्ट्रिय सेवाहरु दिईरहेको स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा.अनु हिराचनले बताइन् ।
एक वर्षको अवधिमा गण्डकी प्रदेश मात्र नभइ काठमाडौं, लुम्बिनी, कर्णाली, युके, पोर्चुगल, पोल्याण्ड, हङकङलगायतका देशबाट आएकाहरुले सेवा लिएको उनले बताइन् । उनका अनुसार ३९१ जनाको जाँच गरिएकोमा ९१ जनामा सफलता मिलेको र ३ वटा बच्चाको जन्म भइसकेको छ ।
फिस्टेल अस्पतालका अध्यक्ष अशोक पालिखेले आइभीएफ खोलेको एक वर्षमा डा.अनुसहितको टिमले उत्कृष्टता हासिल गरेकोमा निकै खुसी लागेको बताए ।





