आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सडक स्तरोन्नति गर्न सरोकारवालाको ध्यानाकर्षण

सडक स्तरोन्नति गर्न सरोकारवालाको ध्यानाकर्षण

सडक सञ्चालनमा आएको लामो समय बितिसक्दा समेत सडक स्तरोन्नतिले गति लिन नसकेको भन्दै स्थानीयले सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०८२, शुक्रबार

बागलुङ/पश्चिम बागलुङको गलकोट नगरपालिका वडा नं. ५ को बसाहफाँटदेखि भैंसे, आँगाखेत, मल्म, पाण्डवखानी हुँदै रणसिंहकिटेनी जोड्ने सडकको स्तरोन्नति गर्न माग गर्दै स्थानीयले सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

सडक सञ्चालनमा आएको लामो समय बितिसक्दा समेत सडक स्तरोन्नतिले गति लिन नसकेको भन्दै स्थानीयले सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् । सडक स्तरोन्नतिका लागि ठोस पहल थाल्न स्थानीयको माग छ । ‘‘तत्काल सम्बन्धित कार्यालय, जनप्रतिनिधी र निर्माण कम्पनीका प्रतिनिधि सहितको संवादबाट स्तरोन्नतिको काम अघि बढाउनुपर्छ’’ समाजसेवी केहरसिंह थापाले भने ।

यो सडक खण्डअन्तर्गत कालोपत्रको लागि २ वर्ष अघिदेखि काम सुरु भएपनि चालु आर्थिक वर्षको मंसिर लाग्दा समेत सडक स्तरोन्नतिको काम नभएपछि गलकोट नगरपालिका–७ का वडा अध्यक्ष राजबहादुर थापा र निर्माण कम्पनी लो–पूर्ण कन्स्ट्रक्सन प्रा.लि.को ध्यानाकर्षण गराईएको खडग कालिका टोल विकास संस्थाका अध्यक्ष छुमबहादुर थापाले बताए ।

सडकको केही खण्डमा ग्रावेल भएपनि बाँकी सडक स्तरोन्नति नहुँदा हिउँदमा धुलैधुलो, बर्खामा हिलैहिलो, खाल्डाखुल्डी र पक्की नाली नहुँदा यात्री र सवारीसाधनलाई आवागमनमा समस्या हुँदै आएको छ । सरोकारवाला निकायको बेवास्ता र लापरबाहीले विनियोजित बजेट समेत सही सदुपयोग हुन नसकेको भन्दै स्थानीय तह र ठेकेदारको ध्यानाकर्षण गराईएको सरल टोल विकास संस्थाका अध्यक्ष मिन बहादुर थापाले बताए ।

संघीय सरकार अन्तर्गतको बजेटमार्फत ठेक्का भएर केही स्थानमा काम जारी रहेपनि सुस्त गतिमा काम भईरहेको भन्दै स्थानीयले ध्यानाकर्षण गराएका हुन् । स्थानीयको मागलाई सम्बन्धित निकायमा समन्वय र सहजीकरण गर्न आफूहरु प्रतिवद्व रहेको गलकोट–७ मल्मका वडा अध्यक्ष राज बहादुर थापाले प्रतिवद्वता जनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->