जापान / नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा रवीन्द्र श्रेष्ठ गोर्खाली निर्वाचित भएका छन् । नेपाल सन्देश डटकमका प्रधानसम्पादक उनी आइतबार सम्पन्न शाखाको छैठौँ अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन् । श्रेष्ठ निवर्तमान कार्यसमितिको उपाध्यक्ष थिए ।
८६ जना सदस्य रहेको रहेको शाखाको मतदानमा ७७ मत खसेको थियो । अध्यक्षमा श्रेष्ठ ४४ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी राजन गौतमले ३२ मत प्राप्त गरेका थिए । श्रेष्ठ निवर्तमान कार्यसमितिको उपाध्यक्ष र गौतम सचिव हुन् ।
शाखाको खुला उपाध्यक्षमा मनिषा चौलागाई निर्वाचित भएकी छन् । उनले प्रतिस्पर्धी गोकर्ण अधिकारीलाई २ मतले पराजित गरिन् । चौलागाईले ३० मत पाउँदा अधिकारीले २८ मत पाएका थिए भने उपाध्यक्षकै प्रतिस्पर्धी विनोद सापकोटाले १९ मत पाएका थिए । यस्तै महिला उपाध्यक्षमा लक्ष्मी पौडेल विजयी भएकी छन् भन् सचिवमा अर्जुल लामिछाने विजयी भएका छन् ।
महिला उपाध्यक्षमा पौडेलले ४५ मत पाउँदा सजिना मोक्तानले ३२ मत पाएकी थिइन् । सचिवमा अर्जुन लामिछानेले ४५ मत पाए भने विश्वास आचार्यले ३२ मत पाएका थिए । अन्य पदहरुमा भने सर्वसम्मत भएको थियो ।
नयाँ कार्यसमितिको सहसचिवमा विष्णुप्रसाद सापकोटा र फुर्वा शेर्पा, कोषाध्यक्ष भुलबहादुर राना निशान, सदस्यहरु दिनेश थापा, दुर्गाप्रसाद आचार्य, भवानी भट्ट, भुवन भण्डारी, रामचन्द्र गिरी, विनोद ढकाल सर्वसम्मत चयन भएका हुन् ।
निर्वाचित महिला उपाध्यक्ष लक्ष्मी पौडेल, सचिव अर्जुन लामिछाने, सहसचिव विष्णु सापकोटा र सदस्य दिनेश थापा बागलुङका हुन् । उनीहरु हाल जापानमा पत्रकारितासँगै अन्य पेसामा आबद्ध छन् ।




