आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

स्मृतिमा झलकमान र नारायणगोपाल साँझ हुँदै

स्मृतिमा झलकमान र नारायणगोपाल साँझ हुँदै


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०८२, सोमबार

पोखरा/रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज पोखराले मंसिर १८ गते ‘स्मृतिमा झलकमान र नारायण गोपाल साँझ’ आयोजना गर्ने भएको छ । झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका वडा नम्बर ९ को संयुक्त आयोजनामा कार्यक्रम हुने स्टेसन म्यानेजर सञ्जयकुमार मल्लले जानकारी दिए ।

कार्यक्रमको तयारीमा तीव्रता दिइएको उनको भनाइ छ । रेडियोको रजत वर्षको अवसरमा वर्षभरी १२ महिना १२ कार्यक्रमअन्तर्गत यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले नेपाली साङ्गीतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएका स्रष्टाहरूको स्मृतिमा आयोजना गरिएको कार्यक्रमको बेग्लै गरिमा रहने विश्वास व्यक्त गरे ।

कार्यक्रम पोखराको महेन्द्रपुलमा रहेको फाल्चामा साँझ साढे ४ बजेबाट सुरु हुने कार्यक्रम संयोजक राजाराम पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->