बागलुङ/लैंगिक हिंसा बिरुद्दको १६ दिने अभियानअन्र्तगत सोमबार उच्च अदालत बार एसोसिएसन, बागलुङको आयोजनामा कानूनी सचेतना तालिम सम्पन्न भएको छ ।
सोमबार बागलुङ बजारस्थित आदर्श विद्यामन्दिर माविमा कानून र व्यवस्थापन संकायका बिद्यार्थीलाइ बारमार्फत सचेतना अभियान गरिएको हो । उक्त अबसरमा हिंसा, लैंगिक हिंसा, बाल अधिकार, बाल यौन दुव्र्यवहार लगायतको बिषयमा प्रशिक्षण दिइएको थियो । समाजमा धनी र गरिब, पहुँचवाला महिला र पुरुष लगायतबीचको बिभेद र त्यसबाट उत्पन्न हुने हिंसा न्युनिकरणकालागि प्रशिक्षणमा जानकारी गराइयो ।
१६ दिने अभियानको महत्वबारे जानकारी दिने, अत्यावस्यक कानूनका कुरा र हिंसा बिरुद्द लड्न सक्ने बनाउन उक्त कार्यक्रम गरिएको बार अध्यक्ष गीता श्रीषले बताइन् । यो अभियानलाई सफल पार्न सरोकारवालाको महत्व देखाउन सहभागि भएको उनले बताइन् ।
प्रशिक्षणमा बारका सदस्य लक्ष्मी देवी जिसी र प्रकाश बरालले सहजीकरण गरेका थिए भने बारका केन्द्रीय पार्सद हरिप्रसाद गौतमले पनि कानूनी सचेतनाको आवस्यकताबारे औल्याएका थिए । बिद्यालयका प्रिन्सिपल भुपेन्द्र केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
बारले विभिन्न पालिकातहमा पनि पुगेर साक्षरता अभियान चलाउने निधो गरेको छ । साथै मानवअधिकार दिवश पनि यो सन्दर्भमा पर्ने भएकोले मानवअधिकार र यसको विश्वव्यापीकरण बारे समेत प्रशिक्षण गरिने बताइएको छ ।





