आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जिप पल्टिंदाँ ८ जना घाइते

जिप पल्टिंदाँ ८ जना घाइते


  • ढोरपाटन संवाददाता
  • मंसिर १८ २०८२, बिहिबार

बागलुङ/ बागलुङको सिगानामा पिकअप जिप दुर्घटना हुँदा ८ जना यात्री घाइते भएका छन् । बरेङबाट सदरमुकामतर्फ आउँदै गरेको ग ३ च ४८३४ जिप बिहिवार साँझ बानपा ८ सिगानामा दुर्घटनामा परेको हो ।

घाइते मध्ये दुइ जनाको अबस्था गम्भिर रहेको प्रहरीले बताएको छ । जिपका चालक सुशान्त जिसी पनि घाईते भएका छन् । चालक जिसी र प्रशान्त खड्का गम्भिर घाइते भएका छन् भने अन्य यात्री मध्ये सावित्री भण्डारी, सपना भण्डारी, बिस्मिता भण्डारी, निसा भण्डारी, चन्द्र भण्डारी र झुमा भण्डारी सामान्य घाइते रहेको जनाएको छ । घाइतेलाई धौलागिरि अस्पतालमा उपचारकालागि ल्याइएको छ ।

घटना बारे प्रहरीले थप अनुसन्धान गर्दै रहेको प्रहरी को भनाइ छ । जिप ब्रेक फेल भएर सडक देखि २० मीटर तल खसेर पल्टिएको प्रहरी सहायक निरिक्षक खिमबहादुर कार्कीले जानकारी दिए । कार्की नेतृत्वमा घटनास्थलमा उद्दार टोली गएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->