काठमाडौं / बागलुङ जिल्लाबाट किर्तिपुर आई बसोवास गर्ने बागलुङहरु संगठित हुन थालेका छन् । जिल्लाका १० वटा पालिकाबाट किर्तिपुरमा बसोवास गर्ने बागलुङेहरुको शनिवार भेला समपन्न भएको छ ।
बागलुङ मुल थलो भई विभिन्न पेशा व्यवसायमा आवद्ध किर्तिपुरमा स्थायी अस्थायी रुपमा वसोवास गर्नेहरुको भेला शनिवार किर्तिपुरमा समपन्न भई परिचयात्मक कार्यक्रम गरिएको हो ।
परिचयात्मक कार्यक्रमपछि भेलाले किर्तिपुरमा वसोवास गर्ने जिल्लावासीहरुको बृहत भेला गर्ने र संगठित रुपमा अगाडि वढ्ने निर्णय गर्दै राजन चापागाईको संयोजकत्वमा ५ सदस्यीय सम्पर्क समिति गठन गरेको छ । समितिको सदस्यहरुमा गंगाधर पौडेल, नास आचार्य, गुमानसिंह खत्री र सर्मिला शर्मा रहेका छन् ।

जिल्लाबाट किर्तिपुर आई वसोवास गर्नेहरुलाई जोड्ने र सुखदुखमा सहकार्य गर्ने पवित्र उदेश्यसहित भेला गरिएको र अर्काे दिन बृहत कार्यक्रम गरी संगठित रुपमा अगाडि बढ्ने संयोजक चापागाईले बताए । उनका अनुसार बागलुङबाट आई किर्तिपुर स्थायी अस्थायी रुपमा वसोवास गर्ने ५५० भन्दा बढि रहेको तथ्यांक छ । शनिबारको भेलामा ६० जनाको सहभागिता रहेको थियो ।





