आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

ढकाल समाज तनहुँमा नयाँ नेतृत्व

ढकाल समाज तनहुँमा नयाँ नेतृत्व


  • ढाेरपाटन संवाददाता
  • पुष ६ २०८२, आइतबार

पोखरा/तनहुँ जिल्ला ढकाल समाज प्रतिष्ठानको पाँचौं साधारण सभा तथा दोस्रो अधिवेशनले नारायण ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

समाजको उपाध्यक्षमा महेशराज ढकाल, सचिवमा बोधराज ढकाल, सह–सचिवमा भगवती भण्डारी ढकाल र कोषाध्यक्षमा अग्नी ढकाल चयन भए । समाजका सदस्यमा सञ्जय ढकाल, पुष्पा ढकाल, कृष्णराज ढकाल, शुक्रराज ढकाल, कपिल ढकाल, नारायण ढकाल रहेका छन् ।

ढकाल समाज प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष लोकराज ढकाल, ढकाल समाज प्रतिष्ठानका केन्द्रिय सदस्य फडिन्द्रराज ढकालको उपस्थितिमा भएको कार्यक्रममा जेष्ठ नागरिक सम्मान तथा विभिन्न सहयोगदातालाई सम्मान गरिएको थियो ।

प्रमुख अतिथि ढकालले प्रतिष्ठानको आजिवन सदस्य र विशिष्ट सदस्यबाट उठेको रकम संकलनबाट देवघाट तनहुँमा जग्गा खरिद गरी कुल मन्दिर, शिव मन्दिर लगायत नेपाल ढकाल प्रतिष्ठान आश्रम निर्माण तथा सञ्चालन गर्ने उद्देश्य राखिएको बताए । यसमा सबैको साथ र सहयोग आवश्यक भएकोमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->