आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

हट भएर, मयाली हुँदै झलीकोमा झुमे बागलुङे

हट भएर, मयाली हुँदै झलीकोमा झुमे बागलुङे


  • प्रकाश बराल
  • पुष १४ २०८२, सोमबार

बागलुङ/पुसको कठ्याङग्रीने चिसो । प्राय मानिस घरभित्रै बस्छन् । तर यतिबेला बागलुङेहरु रातको समयमा पनि बाङगेचउर स्थित खेल मैदानमा पुगेर छमछम नाचेर चिसोलाई चुनौती दिइरहेका छन् ।

बागलुङ उद्योग बाणिज्य संघको आयोजनामा आठौं बागलुङ महोत्सव चलिरहेको छ । यो महोत्सवलाई उल्लासमय बनाउने काम कलाकारको जमघटले बनाएको छ । यो जमघटमा सयौं बागलुङबासी झुमेका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरेको महोत्सवको दोश्रो दिनदेखि चर्चित कलाकारको जमघट भैरहेको छ । समीक्षा अधिकारी देखि बसन्त थापा सम्मका गीत संगीत र उपस्थितिले नै बागलुङबासीले उत्साहपुर्ण उपस्थिति जनाएका छन् । पुस १२ गतेको समीक्षा अधिकारीको प्रस्तुतीले धेरै दर्शकहरु हौसिए । उनले मंचमा उक्लेर आधा दर्जन गीत गाइन् । तर कतिपय गीत दोहो¥याएर गाइन् । दर्शक दिर्घाबाट वान्समोरको आबाज आउन थालेपनि उनले गीत दोहो¥याएर गाइन् ।

मुटुमै बसेछौं माया थाहै भएन भन्ने गीतमा उनले शान्त स्वभावले गीत गाउन थालिन् । दर्शक दिर्घाबाट मोवाइल बालेर उनलाई स्वागत गरियो । त्यसपछि सिरैमा सिन्दुर आहा, जुन जस्ती रे, शिरमा सिरबन्दी जस्ता गीत गाइन् । दर्शकहरु उनको गीतमा छमछम नाचे । जव गायक दुर्गेस थापा सहितको ‘हट भएर, पट भएर’ अर्थात केटो हेरेको हे¥यै गाउन थालिन धेरै दर्शकले उनलाई साथ नाचेर र गाएर साथ दिए । दर्शकको मयााकै कारण उनले दोहो¥याउन बाध्य भइन् । त्यसपछि पनि उनले बाटुली, सुतीृ माड्दै माड्दै जस्ता गीत गाइन् ।

आइतवारपनि बागलुङ महोत्सव बसन्त थापाका मौलीक गीतमा तात्यो । बागलुङ बजारमा बाघको शालिक गीतले चर्चित थापाले समयको चापले धेरै गीत गाउन पाएनन् । तर जे जती गाए उनका सबै प्रस्तुती उत्कृष्ठ थिए । मछिल्लो समय आम नेपालीको मन छोएको गीत ‘मयाली’ नै धेरैको रोजाइमा थियो । त्यसैले उनले मयाली गाएर ढोरपाटनको शिर देखि बागलुङ बजार र कालीगण्डकीको तिर सम्मका भावना पोखे । दर्शक र श्रोतामा उनले नयाँ उमंग र हौसला थपे । उनका लोक लयका गीतमा बागलुङबासी छमछमी नाचेका थिए । उनको गीत मुखैमा झुण्डीएकोले हरेक दर्शकले गाएर पनि थापालाई साथ दिएका थिए । म त गाउँले ठिटो, पिपलबोटे दाई, बाघको शालिक लगायतका गीतमा पनि दर्शकले औधी रुचाए । आइतवारै अस्मिता अधिकारीले गाएको ‘काले केटाले’, तेजस रेग्मी लगायतका कलाकारका लोकगीत संगीतले दर्शकलाई लोभ्याएको थियो । कलाकारको प्रस्तुतीमा हौसिएका बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य मञ्चमा पुगेर घरीघरी नाच्थे ।

कलाकारको जमघटमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्मा, काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा सहितका जनप्रतिनिधिले पनि मंचमै पुगेर आयोजकलाई हौसला थपेका थिए । मेलामा आशा बिसी, गणेश नेपाली, अम्बिका पुन र रिमा थापा समेतले प्रस्तुती देखाएका छन् । महोत्सवमा ढोरपाटन क्षेत्रका झाँक्री नाँच, नेवारहरुको लाखे र शाक्यहरुको जोगी नाँच समेत आम दर्शकको चासोको बिषय थियो ।

बिद्यार्थीहरुले गाउँने राष्ट्रिय गीत देखि कथा बाचन र योजना प्रस्तुती समेतले महोत्सवको रौनक थपेको छ । महोत्सवमा मेड इन बागलुङका स्टल समेत छन् । ती स्टलमा किसानका उत्पादन छन् भने व्यवसायिक स्टल समेत २ सयवटा छन् । महोत्सवमा लोकदोहोरी गीत प्रतियोगिता र पुरुष तथा महिला भलिबलले पनि रौनक थपेको छ ।

सोमबार बागलुङ महोत्सवमा अर्जुन सापकोटाको ‘झलिको’ गीतमा सयौं युवायुवती झुमेका थिए । उनीहरुले वान्समोरको ताली लगाएर गीतमा भरपुर मनोरञ्जन लिए । आधादर्जन गीत गाएका सापकोटा अहिले नेपाल र बिदेशमा समेत झलीको गीतबाटै चर्चित छन् । पुर्णकला बिसी, ऋतु कंडेल, रामजी पौडेल, रिमा थापा र दिनेश थापा समेतको प्रस्तुतीले पनि आम दर्शकलाई मनोरञ्जन दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->