मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

मेयरमा हारेकादेखि वडा सदस्यसम्म

मेयरमा हारेकादेखि वडा सदस्यसम्म


  • ढोरपाटन संवाददाता
  • पुष २० २०८२, आइतबार

पोखरा/नेकपा एमालेले कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको छ । जसमा पोखरा महानगरपालिकाको मेयरमा पराजितदेखि बहालवाला वडा सदस्यसम्म समेटिएका छन ।

तीन प्रतिनिधीसभा निर्वाचन क्षेत्र रहेको कास्कीमा शनिबार उम्मेदवारको नाम सिफारिस गरिएको हो ।

कास्की क्षेत्र नम्बर १ बाट निवर्तमान सांसद मनबहादुर गुरुङसहित ८ जना सिफारिस भएका छन् । पार्टीका जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, दीलिप न्यौपाने, पुष्पज्योति ढुंगाना, टीकाराम पंगेनी, पदम प्रसाद पौडेल, बालासिंह काउचा मगर र नारायणी भट्टराईको नाम क्षेत्र नम्बर १ बाट सिफारिस भएको छ ।

क्षेत्र नम्बर २ बाट पोखरा महानगरपालिका–२१ का वडा सदस्य तथा पोखरा महानगरका सार्वजनिक लेखा समिति संयोजक झपट रानाभाटसहित ११ जना सिफारिस भएका छन् । केन्द्रीय सदस्य कृष्णबहादुर थापा, प्रभा कोइराला, रश्मि आचार्य, मीना गुरुङ, सञ्जीव कोइराला, तेजनारायण अधिकारीको नाम सिफारिस भएको छ ।

थापा गत २०७९ सालको निर्वाचनमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएर पोखराको मेयरको उम्मेदवार बनेका थिए । उनी धनराज आचार्यसँग पराजित भएका हुन ।

यस्तै, केशव आचार्य, भेषराज बराल, बलराम आचार्य र रामप्रसाद सुवेदी पनि सिफारिस भएका छन् ।

क्षेत्र नम्बर ३ बाट पनि निवर्तमान सांसद दामोदर बैरागीसहित १३ जना सिफारिस भए । देवीप्रसाद सुवेदी, माधव बास्तोला, लक्ष्मण बराल, भोजकुमारी थापा, नन्दलाल अधिकारी, जगतबहादुर विश्वकर्मा, धनबहादुर नेपाली, राजिव पहारी, कर्णबहादुर गुरुङ सिफारिस भए । सूर्य खड्का बिखर्ची, डिबी नेपाली र ओमप्रसाद सुवेदी पनि सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->