मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

लौरुक खोलामा पुलको शिलन्यास

लौरुक खोलामा पुलको शिलन्यास

२१.९ मिटर लम्बाइको उक्त पुल ८.४ मिटर चौडाइको हुनेछ । यसको पूर्वाधार आरसिसी बक्स ब्रिज हुनेछ भने २०८३ पुस १३ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी भदौरे निर्माण सेवाले पुलको ठेक्का पाएको छ ।


  • ढोरपाटन संवाददाता
  • पुष २१ २०८२, सोमबार

पोखरा/पोखरा महानगरपालिका वडा नं. २४ स्थित लौरुक खोलामा मोटरेवल पुल शिलन्यास गरिएको छ । उक्त पुलको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शनिवार शिलन्यास गरेका हुन् ।

पुलको शिलान्यास गर्दै नगर प्रमुख आचार्यले लौरुक खोलामा पुल नहुँदा निकै सास्ती खेपिरहेका त्यस क्षेत्रका नागरिकहरूलाई पुन निर्माण पश्चात् आवागमनमा सहज हुने विश्वास व्यक्त गरे । महानगरको वडा नं. २४, २३, १८ तथा अन्नपूर्ण गाउँपालिकाका बासिन्दाहरूलाई समेत पोखराको मुख्य बजारसम्म आउन जानका लागि बाह्रै महिना सजिलो हुने उनको भनाइ थियो ।

पोखरा महानगरपालिकाबाट स्रोतको व्यवस्थापनमा कुनै कमजोरी नहुने भन्दै निर्धारित समयमा नै निर्माण सम्पन्न गर्न नगर प्रमुख आचार्यले निर्देशन पनि दिए । पञ्चासे क्षेत्र जाने प्रमुख सडकका रूपमा रहेको उक्त सडकको स्तरोन्नतिका लागि विकास साझेदारसँग सम्झौता भइसकेको उल्लेख गर्दै उनले पोखरा महानगरपालिका उपलब्ध स्रोत साधनको उपयोग मार्फत समृद्ध महानगर निर्माणको दिशामा अगाडी बढिरहेको बताए ।

२१.९ मिटर लम्बाइको उक्त पुल ८.४ मिटर चौडाइको हुनेछ । यसको पूर्वाधार आरसिसी बक्स ब्रिज हुनेछ भने २०८३ पुस १३ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी भदौरे निर्माण सेवाले पुलको ठेक्का पाएको छ । ३ करोड ७१ लाख लागत अनुमान गरिएको पुल उक्त निर्माण सेवाले २ करोड ५७ लाख ६५ हजार ४८४ रुपैयाँमा ठेक्का पारेको छ । पुल तोकिएको समयमा नै निर्माण सम्पन्न गर्ने कम्पनीले प्रतिबद्धता जाहेर गरेको छ ।

कार्यक्रममा पोखरा महानगरसपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, वडा अध्यक्ष भरतबहादुर अधिकारी सहित वडा नं.२४ र २३ का जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->