आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

राष्ट्रियसभामा १८ सिटका लागि निर्वाचन– उम्मेदवारी दर्ता आज

राष्ट्रियसभामा १८ सिटका लागि निर्वाचन– उम्मेदवारी दर्ता आज


  • ढोरपाटन संवाददाता
  • पुष २३ २०८२, बुधबार

पोखरा/ आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको रिक्त पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदैछ। निर्वाचन आयोगले देशभरका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाएको हो।

आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। आगामी २० फागुनदेखि रिक्त हुने कुल १८ सदस्य पदका लागि निर्वाचन हुन लागेको हो। कार्यतालिकाअनुसार पुस २४ गते विहीबार उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ। यसैगरी २७ पुसमा उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन अन्तिम नामावली प्रकाशन हुनेछ। आयोगले २८ पुसमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ।

मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। आयोगले मंगलबार अन्तिम मतदाता नामावली सार्वजनिक गरिसकेको छ। राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नयाँ मतभारका आधारमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षले मतदान गर्नेछन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->