आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

निर्वाचन परिचालनको लागि विभिन्न समिति गठन

निर्वाचन परिचालनको लागि विभिन्न समिति गठन


  • ढाेरपाटन संवाददाता
  • माघ १५ २०८२, बिहिबार

बागलुङ/नेकपा एमाले निसीखोला गाउँ कमिटिको विस्तारित बैठकले प्रदेश कमिटि सदस्य टंक प्रसाद पौडेलको संयोजकत्वमा ३ सय ११ सदस्यीय पालिका स्तरीय निर्वाचन परिचालन कमिटिको गठन गरेको छ ।
गाउँ कमिटि अध्यक्ष भूमिराज गौतम सचिव रहेको कमिटिमा निसीखोला गाउँपालिकाभित्र रहेका जिल्ला कमिटि, गाउँ कमिटि र वडा कमिटिका सदस्य तथा टोल कमिटिका संयोजक तथा जनवर्गिय संगठनका प्रमुखहरु सदस्य रहने एमालेले जनाएको छ ।

बैठकले जिल्ला कमिटि सदस्य भोटु चन्द संयोजक तथा अनेमसंघ निसीखोलाका अध्यक्ष रुपा कुमारी पौडेल सचिव रहेको १ सय ११ सदस्यीय महिला परिचालन कमिटि, युवा संघका प्रदेश कमिटि सदस्य सन्तोष रेग्मी संयोजक, युवा संघ गाउँ कमिटि अध्यक्ष नविन थापा सचिव रहेको ५१ सदस्यीय युवा परिचालन कमिटि गठन गरेको छ ।

त्यस्तै निर्वाचनको लागि वडा नं. १ मा थमबहादुर घर्ति, वडा नं. २ मा जुनविक्रम शाही, वडा नं. ३ मा भोटु चन्द, वडा नं. ४ मा रुद्र पौडेल, वडा नं. ५ मा भूमिराज घर्ति, वडा नं. ६ मा लिलबहादुर बुढा, खुमन थापा र रामबहादुर विकलाई वडा समन्वयको जिम्मेवारी तोकिएको निर्वाचन परिचालन समितिका संयोजक विष्णु भुसालले जानकारी दिए ।

त्यस्तै बैठकले निसीखोलामा माघ १९ गते वडा नं. ५ र ६, २० गते वडा नं. ३ र ४, २१ गते वडा नं. १ र २ तथा २२ गते वडा नं. ७ मा वडा स्तरीय भेटघाट सञ्चालन गर्ने तथा २५ गते सबै वडामा एकैसाथ वडा स्तरीय बैठक संचालन गर्ने निर्णय गरेको छ ।

बैठकमा नेकपा एमाले केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा क्षेत्र नं. २ का उमेद्वार मञ्जु शर्मा चालिसेले भौगोलिक विकटतालाई विविधताको सुगमतामा बदल्दै, अवसर पहिचान गर्न आफ्नो उमेदवारी रहेको बताइन् । लामो समय स्वास्थ्य क्षेत्रमा काम गरेको अनुभवलाई सेवामा रुपान्तरण गर्दै पछाडि परेको समुदायलाई मुलधारमा ल्याउन प्रयत्न गर्ने उनको भनाई थियो । प्रदेश कमिटि सचिवालय सदस्य सुनिल शेरचनले राष्ट्रहितको लागि एमालेको बहुमतको सरकार आवश्यक रहेको भन्दै सुर्य चिन्हमा मतदान गर्न मतदाताहरुलाई अपिल समेत गरेका छन् ।

कार्यक्रममा प्रदेश कमिटि सचिवालय सदस्य बाबुराम नेपाली, प्रदेश कमिटि सदस्य टंक पौडेल, जिल्ला कमिटिका कार्यवाहक अध्यक्ष विष्णु भुसालले राष्ट्रियता र स्वाधिनताको रक्षासंगै देशको समृद्धिको लागि एमालेको आवश्यकता बढि खड्किएको भन्दै विभिन्न भ्रम चिर्दै जनतामा पुग्नु सबै पार्टि कार्यकर्ताको दायित्व हुने बताए ।
बैठकमा वडा इन्चार्जहरुले वडा स्तरको अवस्था जानकारी गराएका थिए । कार्यक्रम गाउँ कमिटि अध्यक्ष भूमिराज घर्तिको अध्यक्षता, उपाध्यक्ष वेगबहादुर कुँवरको स्वागत तथा सचिव लोकिश्वर पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->