बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

राहुघाट जलविद्युत आयोजनाका सुरक्षा गार्ड मृत फेला

राहुघाट जलविद्युत आयोजनाका सुरक्षा गार्ड मृत फेला

म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत आयोजनामा बर्षेनी मजदुरले ज्यान गुमाउने गरेका छन् ।


  • ध्रुवसागर शर्मा
  • माघ १५ २०८२, बिहिबार

म्याग्दी / म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड आज मृत भेटिएका छन् । जलविद्युत आयोजनाको अन्डरग्राउण्डमा इलाम घर भएका ५० वर्षीय भीष्म पौडेलको शब शंकास्पद अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बिहीबार विहान करिब साढे ८ बजे टाउकोमा चोट लागेको अवस्थामा भेटिएका पौडेलको शवलाई बेनी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक सुर्यबहादुर थापाले जानकारी दिए ।

प्रनाउ थापाका अनुसार घटना शंकास्पद देखिएकोले प्रहरीले अनुसन्धा गरिरहेको छ । दुर्घटना वा नियतबस भन्ने बारेमा अनुसन्धान भइरहेको उनले जानकारी दिए । म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत आयोजनामा बर्षेनी मजदुरले ज्यान गुमाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->