आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

निर्वाचन लक्षित तरुणदलको ‘तरुण युवा परिचालन समिति’ गठन

निर्वाचन लक्षित तरुणदलको ‘तरुण युवा परिचालन समिति’ गठन


  • ढाेरपाटन संवाददाता
  • माघ १८ २०८२, आइतबार

बागलुङ/नेपाल तरुणदल बागलुङले आसन्न निर्वाचनकालागि शनिवार क्षेत्र नंं १ कालागि निर्वाचन परिचालन युवा तरुण समिति चयन गरेको छ । शनिवार बसेको भेलाले क्षेत्र नंं १ का चारवटै पालिका संयोजक तोकेर ती पालिकाको वडा तहसम्म प्रचार प्रसारकालागि प्रतिनिधि छनौट गरेको नेपाल तरुणदल बागलुङका सहसचिव सिताराम रसाईलीले बताए ।

जिल्ला अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’को अध्यक्षतामा बसेको बैठकले बागलुङ नगरपालिकाकालागि आशिक राजभण्डारीको संयोजकत्वमा थमबहादुर सुवेदी र यामबहादुर क्षेत्री सहसंयोजक रहेको समिति गठन गरेको हो । त्यस्तै जैमिनी नगरपालिकाका लागि गोबिन्द थापा संयोजक र राजन शर्मा सहसंयोजक रहेका छन् । त्यस्तै काठेखोलाका लागि हरि सापकोटा र बरेङ गाउँपालिकाका लागि समीर थापा संयोजक रहेको समिति गठन गरेको हो ।

त्यस बाहेक निर्वाचन परिचालन, घरदैलो, स्थानीय सँगको भेटघाट र आवस्यक समन्वयकालागि वडा तहमा समेत तरुण युवा परिचालन समिति गठन गरिएको जिल्ला अध्यक्ष उमाकान्त शर्मा बाबुले बताए । कांग्रेसका उमेदवार भीम श्रीषलाई जिताउने अभियानमा ती तरुण युवाहरु परिचालन गरिने भएको हो । उनीहरुले बिशेषगरी यो पटक घरदैलोमा बढी सिमित बन्ने, बिशेष महाधिवेसन पछि सुधारिएको कांग्रेसको पहिचान घरघरमा लैजाने र आगामी दिनमा सुशासन, युवा नेतृत्व र आम नागरिकको सरोकारका बिषय उठानकालािग कांग्रेसलाई तयार बनाइएको सन्देश समेत लिएर जाने शर्माले बताए ।

भेलामा कांग्रेसका महाधिवेसन प्रतिनिधि तथा गण्डकी प्रदेशसभाका सदस्य डिल्लीराम सुवेदीले युवाहरुले चाहेजस्तो कांग्रेस नेतृत्व र नीति बनिसकेकोले अब आम नागरिकले भरोसा गर्न योग्य बनिसकेको बताए । बिशेष महाधिवेसनबाट आएको कांग्रेसको नीतिगत निर्णय र आगामी कार्यदिशा बारे हरेक नागरिकलाई बुझाउने काममा तरुणयुवाहरु परिचालिन बन्ने उनले बताए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव हरिहर शर्माले ग्रामीण बस्ती सम्म कांग्रेसको रुपान्तरण अभियानलाई लैजान पहल गरिने बताए ।

नेपाल तरुणदल बागलुङका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’को अध्यक्षता, सहसचिव सिताराम रसाईलीको संचालनमा सम्पन्न भेलामा नेपाल तरुणदलका केन्द्रीय सदस्यहरु शेरबहादुर बिक, बिष्णु पौडेल ‘दाह्री’, लक्ष्मण आचार्य, प्रकाश शर्मा, सागर परियार, दलबहादुर श्रीष र सनी केसी ‘लक्ष्मण’ लगायतले शुभकामना मन्तव्य राखेका थिए । क्षेत्र नंं २ कालागि पनि तरुणतलले बिशेष भेला गरेर तरुणयुवा परिचालन समिति बनाउने शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->