आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

रास्वपाका उम्मेदवार खड्का ‘जनतासंग उम्मेदवार’ कार्यक्रमसहित घरदैलोमा

रास्वपाका उम्मेदवार खड्का ‘जनतासंग उम्मेदवार’ कार्यक्रमसहित घरदैलोमा

भ्रष्टाचार, कुशासन र कुरीतिरहित पारदर्शी, न्यायपूर्ण र समृद्ध नेपाल निर्माण सवैको साझा सपना बन्नुपर्नेमा जोड


  • ढोरपाटन संवाददाता
  • माघ २० २०८२, मंगलबार

बागलुङ/ आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बागलुङ क्षेत्र नं. १ मा प्रत्यक्षतर्फको उम्मेदवार सुशिल खड्काले वनपैदारमा आधरित उद्यमशिलता मार्फत रोजगारी सिर्जना गर्न सकिने बताएका छन् । यसको लागि बैज्ञानिक बन नीति निर्माण गर्नुपर्ने आवश्यकता भएको बताए ।

बन जंगलको व्यवस्थापन आधुनिक ढंगले गर्ने र विदेशबाट आयात गरिने काठलाई रोक्नुपर्ने खड्काले बताए । यसको साथै, उनले कृषी, पर्यटन, होम स्टे लगायत पनि यहाँका आम्दानीको श्रोत भएको बताए ।

पार्टीले सञ्चालन गरेको जनतासंग उम्मेदवार कार्यक्रम लिएर घरदैलो गरिरहेका रास्वपा उम्मेदवार खड्काले परिवर्तन भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ भन्ने मान्यताका साथ आफु राजनीतिमा आएको र यसमा हरेक नागरिकको सक्रिय सहभागिता नै आजको आवश्यकता भएको बताए ।

भ्रष्टाचार, कुशासन र कुरीति रहित पारदर्शी, न्यायपूर्ण र समृद्ध नेपाल निर्माण सवैको साझा सपना बन्नुपर्नेमा उनको जोड थियो । यो सपना साकार पार्न हामी सबै एकजुट भएर अघि बढौं, उनले घरदैलोमा जनतासंग अपिल गरिरहेका छन् ।

रास्वपाले अहिले बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका टोलटोलमा घरदैलो कार्यक्रम गरिरहेको छ । घरदैलो कार्यक्रमबाट आफुहरु उत्साहित भइरहेको उम्मेदवार खड्काले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->