आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

ज्ञानोदय बौद्व बिहारमा महापरित्राण शुत्र बाचन हुने

ज्ञानोदय बौद्व बिहारमा महापरित्राण शुत्र बाचन हुने


  • ढाेरपाटन संवाददाता
  • माघ २१ २०८२, बुधबार

बागलुङ/ज्ञानोदय बुद्द बिहार बागलुङको आयोजनामा दोश्रो महापरित्राण शुत्र बाचन हुने भएको छ । बौद्द धर्म अनुसार यो शुत्रबाचनलाई महान ज्ञान महायज्ञको रुपमा लिइन्छ । माघ २६ गते हुने महापरित्राणमा देशभरका ६ सयभन्दा बढी भक्तजन र ५० बढी भन्ते गुरुहरु सहभागि हुनुहुनेछ ।

बुद्द बिहारले मंगलबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो । २६०० वर्षअघि बुद्वले दिएको प्रवचनलाई संग्रह गरेर बनाइएको ग्रन्थ ‘त्रिपिटक’को कथा बाचनलाई नै महापरित्राण भनिन्छ । त्रिपिटकमा सबै जिवको आवस्यकता के हो ? भन्ने ‘शुक्रपिटक’, नियम संग्रह रहेको बिनय पिटक र सम्पुर्ण प्राणीलाई सम्बोधन गरिएको ‘अपिधपिटक’ गरी ३ वटा पिटक संग्रह गरिएको छ ।

पत्रकार सम्मेलनमा ज्ञानेदय बुद्द बिहारका अध्यक्ष निलाम्बर बज्राचार्य र सचिव रम्भा शाक्यले महापरित्राणको बारेमा जानकारी दिएका थिए । उक्त कार्यक्रमका लागि झण्डै १० लाख रुपियाँ खर्च लाग्ने भएकोले दाताको खोजी गरेर तयारी भैरहेको बज्रालयले बताए । कार्यक्रममा महेन्द्र भन्तेले बौद्द दर्शनको महत्व, आवस्यकता र सबै धर्म सम्प्रदायका लागि पनि बौद्व दर्शनको आवस्यकताबारे जानकारी गराएका थिए ।

झण्डै ४० वर्षअघि बागलुङमै यस्तै महापरित्राण भएको थियो । त्यसपछि भने पहिलो पटक गर्न लागिएको बज्राचार्यको भनाइ छ । यो त्रिपिटकको लेखन भने गौतम बुद्वको महापरिनिर्माण पछि अर्थात् अशोक सम्राटको पालामा भएको किंवदन्ती छ । उक्त त्रिपिटक लिएर अशोकका छोराहरु महेन्द्रसहित परिवारका सदस्यले श्रीलंकासम्म बौद्द दर्शनको प्रचार गरेको समेत उल्लेख रहेको महेन्द्र भन्तेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->