सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कावासोती र चोरमाराको बीचमा मध्यबिन्दु स्तम्भ निर्माण

कावासोती र चोरमाराको बीचमा मध्यबिन्दु स्तम्भ निर्माण

पूर्वपश्चिम राजमार्गको मध्यबिन्दु रहेको राजमार्गसँगै जोडिएको जंगलको दक्षिणतर्फ स्तम्भ निर्माणको काम अघि बढेको हो ।


  • ढोरपाटन संवाददाता
  • माघ २३ २०८२, शुक्रबार

नवलपुर / पूर्वपश्चिम राजमार्गको मध्यबिन्दुमा स्तम्भ निर्माण गरिने भएको छ । पूर्वपश्चिम राजमार्गको मध्यबिन्दु त्यही रहेको जनाउ दिन उक्त स्तम्भ निर्माण गर्न लागिएको हो ।

कावासोती र चोरमारा बीचको जंगलमा मध्यबिन्दुमा स्तम्भ निर्माण गर्न लागिएको हो । राजमार्गको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म १ हजार २८ किलोमिटर लम्बाई छ ।

उक्त दूरीको मध्य भागमा रहेको पालिकाको नाम मध्यबिन्दु नगरपालिका रहेको छ । राजमार्गसँगै जोडिएको जंगलको दक्षिणतर्फ स्तम्भ निर्माणको काम अघि बढेको हो ।

नारायणगढ–बुटवल सडक बिस्तार आयोजनाको पूर्वी खण्ड र मध्यबिन्दु नगरपालिकाको लगानीमा स्तम्भ बनाउने तयारी भइरहेको छ । आयोजनाको ८० र नगरपालिको २० प्रतिशत लगानी रहेको छ ।

स्तम्भ निर्माणका लागि सोमवार टेण्डर आव्हान गरिएको नगरपालिकाका ईन्जिनियर विवेक पोखरेलले जनाए। उनका अनुसार ४५ लाख खर्च गरेर स्तम्भ निर्माणका लागि टेण्डर आव्हान गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->