बागलुङ/प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. २ का नेपाली कम्युनिष्ट पार्टीका उमेदवार ज्ञामनाथ गैरेले जनपक्षिय नीति निर्माण आवस्यक भएको बताएका छन् । उनले कार्यकर्तामाझ मत माग्ने एजेण्डा पनि त्यही बनाएको बताए ।
घरदैलो अभियानमा निस्केका गैरेले कार्यकर्तालाई पनि यो सन्देश पठाएको बताए । उनले ढोरपाटनसहित पश्चिम बागलुङका विभिन्न स्थानमा पुराना नीति नियमले जनतालाई दुःख दिएको भन्दै नयाँ नीतिका लागि आँफू उमेदवार बनेको दाबी समेत गरेका छन् ।
उनले ढोरपाटन सिकार आरक्षको मध्यवर्ती क्षेत्र बनाउने उनको भनाइ थियो । साथै, स्थानीय जनता विकास विरोधी नभएको भन्दै जनताले विकास खोजेको र विकासको नाउँमा नागरिकको जीवनमाथि खेलवाड भने गर्न नहुने उनको भनाइ थियो ।
जनतालाई खुसी बनाएर राज्यले पनि लाभ लिनुपर्ने उनले बताए । बिहिबार गैरे ढोरपाटन नगरपालिका–९ मा चुनावी प्रचारमा थिए । उनले स्थानीयलाई ढोरपाटनको समस्या समाधानमा नयाँ नीति बनाउन अगुवाई गर्ने उनले प्रतिवद्दता व्यक्त गरे । उनको चुनावी प्रचार अभियानमा नेकपाका केन्द्रीय सदस्य निलबहादुर पुन, राजमोका जिल्ला सदस्य धनबहादुर अदै लगायतले पनि मन्तव्य राखेका थिए । चुनाव प्रचार प्रसार समिति ढोरपाटन–९ का संयोजक मदन बिकको अध्यक्षता र राजमोका थम्मन घर्तीको स्वागत तथा नेकपाका हेमेन्द्र घर्ति संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





