बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

प्रतिभालाई सुपर लिग क्रिकेटको उपाधि

प्रतिभालाई सुपर लिग क्रिकेटको उपाधि


  • ढोरपाटन संवाददाता
  • माघ २६ २०८२, सोमबार

पोखरा/प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पीयन आयोजक प्रतिभा मावि बनेको छ । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक प्रतिभा माविले जितेको हो । पोखरा रंगशालामा आाइतबार भएको फाइनल खेलमा मदरल्याण्ड सेकेण्डरी स्कूललाई ५८ रनले पराजित गर्दै प्रतिभाले पोखरामा पहिलोपटक आयोजना भएको प्रतियोगिताको उपाधि आफ्नो पोल्टामा पारेको हो ।

प्रतिभा माविले टस जितेर पहिले व्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रनको योगफल तयार गरेको थियो ।

१३८ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको मदरल्याण्ड भने १३.४ ओभरमा सबै विकेट गुमाएर केवल ७९ रनमा समेटियो । मदरल्याण्डका लागि रोमिस भट्टले ११ बलमा १३ रन बनाउनुबाहेक अन्यको व्याट नचल्दा पराजय बेहोर्दै उपबिजेतामै सिमित बन्यो ।

च्याम्पीयन बनेको प्रतिभा माविले नगद ३० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्यो । उप–बिजेता बनेको मदरल्याण्डले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

प्रतियोगितामा च्याम्पीयन बनेको प्रतिभा माविका सफल श्रेष्ठ प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । त्यस्तै, प्रतिभा माविका सहबुद्दिन अन्सारी उत्कृष्ट ब्याट्स म्यान र बालमन्दिर माविका सुमन अधिकारी उत्कृष्ट बलर बने । उनीहरुलाई पनि ट्रफी प्रदान गरिएको थियो ।

बिजयीहरुलाई गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, सदस्य भोजराज बराल, प्रतिभा मावि सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल, प्राचार्य किरण सापकोटा, वित्त निर्देशक विश्वगोपाल पराजुली, निर्देशक सन्देश पौडेललगायतले पुरकास्कार वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतियोगिता ग्रासरुट क्रिकेटको विकासका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->