बागलुङ/ स्कुल भ्यान दुर्घटना हुँदा एक विद्यार्थीको ज्यान गएको छ । २५ जना घाइते भएका छन् ।
बागलुङ नगरपालिका–३ रात्माटामा बिहीबार स्कूल भ्यान दुर्घटनामा परेको हो । घाइतेमध्ये ६ जनालाई पोखरा रेफर गरिएको छ भने अन्यको धौलागिरी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये अनिता किसान, अलिना किसान, मुस्कान किसान, रोविन्स किसान, निक्सम वोहोरा, उमंग किसान, सुमित गैरे, अनिस वोहोरा, अनन्या किसान, रोशनी वोहोरा, सुप्रिया किसान, सान्वी किसान, शिव किसान, समिक्षा गैरे, सेमुल थापा, निश्मा खड्का, वीर वहादुर थापा मगर, आयना वोहोरा, सारिका वोहोराको धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा उपचार भइरहेको छ ।
गम्भीर घाइते आयुष वोहोरा, आयान वोहोरा, निकित किसान, सोलुमन रसाइलीलाई मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ । सुजल छन्त्याल र संगम किसानलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ ।
बागलुङ नगरपालिका–१ रामरेखास्थित न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान पुष्पलाल लोकमार्गदेखि रात्माटा जादै गर्दा दुर्घटनामा परेको हो । बागलुङ नगरपालिका–३ स्थित नेपाल भाषा मंका खल बागलुङको भवन नजिकै न्यू एभरेष्ट एकेडेमी स्कुलको ग ३ च ८६२१ नम्बरको भ्यान दुर्घटना भएको हो ।






