सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

फेवातालमा एसएलआर हतियार र गोली फेला

फेवातालमा एसएलआर हतियार र गोली फेला


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १ २०८२, शुक्रबार

पोखरा/ फेवातालमा जाल हानेर माछा मार्ने क्रममा एक थान एसएलआर राइफल फेला परेको छ । पोखरा–१८ खपौदी स्थित फेवातालमा विहीबार अपरान्ह ५ बजेको समयमा स्थानीय ४२ वर्षीय कुमार जलारीले जाल हान्ने क्रममा उक्त हतियार फेला परेको प्रहरीले जनाएको छ ।

हतियार भेटिएको जानकारीपछि नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिएको थियो । त्यसक्रममा मु वा १११ (बट) नम्बर बडी नं . १३८१० लेखिएको एसएलआर हतियार १ थान र सोही हतियारमा लोड भएको गोली राउण्ड १८ सहितको म्यागजिन थान १ समेत जाल हान्ने क्रममा अड्किएर आएको अवस्थामा बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताए । प्रारम्भिक अनुसन्धान पश्चात् थप अनुसन्धान प्रकृया अगाडी बढाईएको उनले जनाए । हतियार, गोली र म्यागजिन खिया लागेर काम नलाग्ने अवस्थामा छन् ।

स्रोतका अनुसार उक्त हतियार २०६१ सालमा माओवादी द्वन्द्वकालका बेला सशस्त्र प्रहरीको टोली डुंगा चढेर ताल पारी जाने क्रममा डुंगा पल्टिदाँ हराएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->