आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

शान्ति सुरक्षाको व्यवस्था सुदृढ बनाउन राष्ट्रपतिको निर्देशन

शान्ति सुरक्षाको व्यवस्था सुदृढ बनाउन राष्ट्रपतिको निर्देशन

गृहमन्त्रीसहित चार वटै सुरक्षा निकायका प्रमुखसँगको भेटघाटमा राष्ट्रपति पौडेलले सुरक्षा प्रबन्ध प्रभावकारी बनाउन निर्देशन दिएका हुन्।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १ २०८२, शुक्रबार

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

शुक्रबार साँझ राष्ट्रपति भवन शीतलनिवासमा गृहमन्त्रीसहित चार वटै सुरक्षा निकायका प्रमुखसँगको भेटघाटमा राष्ट्रपति पौडेलले सुरक्षा प्रबन्ध प्रभावकारी बनाउन निर्देशन दिएका हुन्। त्यसका लागि आवश्यक स्रोत, साधन र जनशक्ति प्रबन्धमा सरकारले विशेष ध्यान दिने विश्वास पनि व्यक्त गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

‘लोकतन्त्रमा जनताको अभिमत बुझ्ने उपयुक्त माध्यम निर्वाचनले नै मुलुकको वर्तमान अवस्थालाई निकास दिन्छ, त्यसैले यो निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सुरक्षा निकायले कुनै कसर बाँकी राख्ने छैन,’ पौडेलले भने।

भेटघाटमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको उपस्थिति थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->