सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

के हो बादल हत्या काण्ड ?

के हो बादल हत्या काण्ड ?

सर्वोच्च जाँदा उल्टियो उच्चको फैसला, १ वर्ष कैद पाएकालाई जन्म कैदको फैसला


  • विजय नेपाली
  • फाल्गुन ३ २०८२, आइतबार

पोखरा/नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनको मिति तय भएको थियो । महाधिवेशन हुनेभएपछि नगर अधिवेशपनि हुँदै थियो । सोही क्रममा तत्कालीन लेखनाथ नगरपालिकाको नगर अधिवेशनको तयारीमा लेखनाथ थियो । अधिवेशनको मुखैमा कांग्रेस नेताको हत्याले सनसनी मच्यायो । घटना हो २०७२ साउन २८ को । आफ्नै कार्यकर्ताले राति कांग्रेस नेता रामजी पौडेल (बादल) को हत्या गरेका थिए । संवेदनशील अंगमा लाठी, दाउरा, ढुंगा प्रहार गरि हत्या उनको हत्या गरिएको थियो ।

सोही मुद्धामा गएको बुधबार बादलको हत्यामा दोषी ठहरिएका रविन केसी कास्की कारागार चलान भए । सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाएकोे केसीलाई कास्की प्रहरीले बुधवार पोखराको लेकसाइडबाट पक्राउ गरि कारागार पठायो । सर्वोच्च अदालतले बादल हत्यामा संलग्न केसीसहित ४ जनालाई मुख्य अभियुक्त ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।

सर्वोच्चको फैसलामा भनिएको छ, ‘प्रतिवादी प्रकाश गुरुङको हकमा जन्मकैद सजाय गरेको सुरु जिल्ला अदालतको फैसलालाई उच्च अदालतल पोखराले सदर हुने ठहरेकोमा सजाय कार्यान्वय बोलिरहन परेन ।’ ‘पुनरावेदक प्रतिवादी विश्वास गौतम, राजु रानाभाट र रविन केसीलाई भएको सजायमा केही उल्टी भइ अभियोग दाबी बमोजिम जन्म कैदको सजाय हुने ठहरेकाले उच्च अदालतको फैसला बमोजिम राखेको लगत संशोधन गरि यस अदालतको फैसला कायम गरि कार्यान्वयन प्रयजनार्थ संशोधन कैद पुर्जी दिनु ।’यो फैसलापछि उनीहरु पुनः कारागार चलान भएका हुन् ।

२०७२ साउन २८ गतेको राती साविक लेखनाथ नगरपालिकाको गगनगौँडामा नेपाली कांग्रेसका कार्यकर्ताहरूबीचको आन्तरिक विवादमा रामजी पौडेलको हत्या भएको थियो । तत्कालीन समयमा नेपाल तरुण दलका केन्द्रीय सदस्य रहेका पौडेललाई योजनाबद्ध रूपमा हत्या गरिएको अदालतको ठहर छ । न्यायाधीशद्वय डाक्टर कुमार चुडाल र नृपध्वज निरौलाको संयुक्त इजलासले १७ चैत २०८१ मा केसीसहित प्रकाश गुरुङ, विश्वास गौतम र राजु रानाभाटलाई ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैदको सजाय हुने फैसला गरेको थियो । सर्वोच्चले उच्च अदालत पोखराको यसअघिको फैसलालाई आंशिक उल्ट्याउँदै यो हत्या ‘योजनाबद्ध र संगठित’ भएको तथा संवेदनशील अंगमा प्रहार गरी शव लुकाउन खोजिएको उल्लेख गरेको छ ।

तत्कालीन समयमा कांग्रेसको आन्तरिक गुटबन्दी र क्षेत्रीय अधिवेशनका क्रममा उत्पन्न विवादले उग्र रूप लिँदा बादलको ज्यान गएको थियो । हत्यापछि लामो समयसम्म पोखरा र लेखनाथ क्षेत्र तनावग्रस्त बनेको थियो भने पीडित परिवारले न्यायका लागि लामो कानुनी लडाइँ लडेका थिए । जिल्ला अदालतले सुरुमा दोषी ठहर गरे पनि उच्च अदालतले कतिपय अभियुक्तलाई कम सजाय र सफाइ दिएको थियो ।

मुद्धा अघि बढ्यो भदौ ३० गते कास्की जिल्ला अदालतले प्रकाश गुरुङसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा पठायो । यस्तै निवेदनका साथ हाजिर भएका प्रतिवादी सन्दिप गुरुङ पनि २०७३ साल जेठ ६ गते भएको थुनछेक आदेशपछि पुर्पक्षका लागि कारागार चलान भए ।

हत्यामा संलग्न ६ जनालाई दोषी ठहर गर्दै कास्की जिल्ला अदालतले २०७५ जेठ ६ गते जन्मकैदको फैसला गरेको थियो । न्यायधीश उमेशप्रसाद लुइ“टेलको इजलासले राजु रानाभाट, रविन केसी, अशोक गुरुङ, सन्दिप गुरुङ, प्रकाश गुरुङ र विश्वास गौतमलाई जन्मकैदको फैसला ग¥यो ।

कास्की अदालतले ज्यान सम्बन्धी महल १ अनुसारको कसुर ‘गम्भीर उत्तेजना वा रिसको आवेगबाट ज्यान लिएको सम्बन्धी कसुर’ मा प्रकाश गुरुङ, विश्वास गौतम, राजु रानाभाट, रविन केसी, अशोक गुरुङ र सन्दिप गुरुङलाई दोषि ठहर ग¥यो ।

यस्तै भरत पौडेल, विरेन्द्र कुमार रानाभाट, रविन क्षेत्री, मीनबहादुर घले, चन्द्रबहादुर थापा, लाल बहादुर सेन ठकुरीलाई सोही महलको १७(३) कसुर ठहरी गरि १ वर्ष कैद सजाय सुनायो ।

सोही सजायलाई उच्च अदालत पोखराले ०७६ भदौ २४ गते सदर गर्दै राजु रानाभाट र विश्वास गौतमलाई सजाय ठहर गर्दै रविन केसीसहित अशोक गुरुङ, सन्दिप गुरुङ, भरत पौडेल, विरेन्द्र कुमार रानामगर, मीनबहादुर घले, चन्द्रबहादुर थापा र लाल बहादुर सेन ठकुरीलाई सफाइ दिएको थियो । तर, ०८१ चैत १७ गते सर्वोच्च अदालतले उनीहरुको सजायमा उल्टी भइ अभियोग दाबी बमोजिम जन्मकैदको फैसला गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->