आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङका शिवालय मन्दिरमा भक्तजनको भीड

बागलुङका शिवालय मन्दिरमा भक्तजनको भीड

उक्त मन्दिरमा पूजा व्यवस्थापनकालागि समितिका पदाधिकारीसहित अन्य स्वयंसेवक समेत खटिएका थिए ।


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन ३ २०८२, आइतबार

बागलुङ/शिवरात्री पर्वको अबसरमा बागलुङका शिवालय मन्दिरमा सयौं भक्तजनको भीड लागेको छ । बागलुङ नगरपालिका वडा नं. ४ को गौरीधाम शिव मन्दिर, वडा नंं ९ को आशापुर्णेश्वर शिव मन्दिर, काठेखोला ५ को त्रिपुरेश्वर शिवमन्दिर, गलकोट लगायतका स्थानमा पनि सयौं भक्तजन पुगेका छन् ।

आइतवार सबैभन्दा धेरै भक्तजन भने गौरीधाम शिवमन्दिरमा पुगेका छन् । दश हजारबढी भक्तजन पुग्दा यहाँ चार जना पुजारीले पनि पूजा व्यवस्थापन गर्न समस्या परेको गौरीधाम शिवमन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण केसीले बताए ।

उक्त मन्दिरमा पूजा व्यवस्थापनकालागि समितिका पदाधिकारीसहित अन्य स्वयंसेवक समेत खटिएका थिए । त्यस्तै नेपाली सेना र नेपाल रेडक्रस सोसाइटीको स्वास्थ्य उपचार सेवा र खानेपानीको व्यवस्था पनि गरिएको थियो ।

अघिल्लो वर्ष पहिरोले भत्केको गणेश मन्दिर पुननिर्माण गरिएको, भजन कृतन स्थल व्यवस्थापन गरिएको र भक्तजनलाई सहज आउजाउको व्यवस्थापन गरिएको केसीले जानकारी दिए । यहाँ विभिन्न स्थानबाट आएका भजन समूहले नृत्य तथा भजन गाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->