सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

रविको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता नहुने

रविको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता नहुने

जिल्ला अदालतका न्यायाधीश नितिश राईको एकल इजलासले तत्काल मुद्दा फिर्ता नहुने आदेश दिएको हो । इजलास अधिकृत गुरूदेव आचार्यका अनुसार सर्वोच्चबाट हुने आदेश जिल्ला अदालतमा पेस भएपछि मात्रै निर्णय हुने आदेश भएको हो ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ५ २०८२, मंगलबार
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

पोखरा/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत, कास्कीमा विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने भएको छ ।

सोमबार लामिछानेको मुद्दा फिर्ता सम्बन्धी निवेदनमाथि सुनुवाई गदै जिल्ला अदालतले तत्काल फिर्ता नहुने आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश नितिश राईको एकल इजलासले तत्काल मुद्दा फिर्ता नहुने आदेश दिएको हो ।

इजलास अधिकृत गुरूदेव आचार्यका अनुसार सर्वोच्चबाट हुने आदेश जिल्ला अदालतमा पेस भएपछि मात्रै निर्णय हुने आदेश भएको हो ।

महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । त्यसकै आधारमा जिल्ला सरकारी वकिलको कार्यालयलाई परिपत्र गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा फिर्ताका लागि जिल्ला अदालतमा निवेदन दिएको हो । यसमाथि सुनुवाइ गर्दै यस सम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट निर्णय भएपछि मात्रै निर्णय हुने जिल्ला अदालतले आदेश गरेको हो ।

लामिछानेको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयको निर्णय विरुद्ध युवराज सफलले गत माघ २ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यसमाथि सुनुवाइका क्रममा महान्यायाधिवक्ता भण्डारीले मुद्दा दर्तापछि थप प्रमाण भेटिएकाले फिर्ता लिने निर्णय गरिएको जिकिर गरेकी थिइन् ।

उनको जिकिरपछि सर्वोच्चले थप प्रमाण पेश गर्न आदेश दिएको थियो। महान्यायाधिवक्ताको कार्यालयले थप प्रमाण पेश गरेपछि सर्वोच्चमा सुनुवाइ हुनेछ ।

यसअघि जिल्ला अदालत, रुपन्देहीले पनि यस्तै निर्णय गरेको थियो। सर्वोच्चबाट मुद्दाको छिनोफानो भएपछि मात्रै मुद्दा फिर्ता लिन दिएको निवेदनमाथि निर्णय हुने आदेश गरेको थियो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । त्यस्तै, उनी विरुद्ध चितवन र काठमाडौँ जिल्ला अदालतमा पनि मुद्दा विचाराधीन छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->