आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

काँग्रेसले ३७ वडामा एकसाथ सुरु गर्यो चुनावी अभियान

काँग्रेसले ३७ वडामा एकसाथ सुरु गर्यो चुनावी अभियान

“एकै दिन, एकै समय, एकै साथ चुनाव प्रचारको सन्देश फागुन चार” भन्ने मुख्य अभियान सहित वडा तहमा औपचारिक रुपमा निर्वाचनका कार्यक्रमहरु सुरु भएको हो ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ५ २०८२, मंगलबार

बागलुङ / आगामी प्रतिनिधि सभा निर्वाचनका निम्ती नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ ले सवै वडामा एकै साथ चुनावी अभियान सुरु गरेको छ । सोमबार दिउँसो एक बजे यस क्षेत्रका ३७ वटा वडामा एकै पटक औपचारिक कार्यक्रम सहित अभियान सुरु गरिएको हो ।

“एकै दिन, एकै समय, एकै साथ चुनाव प्रचारको सन्देश फागुन चार” भन्ने मुख्य अभियान सहित वडा तहमा औपचारिक रुपमा निर्वाचनका कार्यक्रमहरु सुरु भएको क्षेत्रीय सभापति चण्डी प्रसाद शर्मा पौडेलले जानकारी दिए ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार दलहरुलाई फागुन ४ गतेदेखि १८ गतेसम्म मात निर्वाचन प्रचार प्रसारको अवधि तोकेको हुँदा सोमबार देखी वडा तहमा औपचारिक रुपमा अभियान संचालन गरिएको उनले बताए । यस क्षेत्रमा ३७ वटै वडामा एकैसाथ कार्यक्रम गरि काँग्रेसका उम्मेदवार भीम श्रीसलाई जिताउन संगठन परिचालन तिब्र बनाईएको पौडेलले बताए ।

“आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ ले सोमबारदेखि औपचारिक रूपमा चुनावी अभियान सुरु गरेको छ । यस क्षेत्रका ३७ वटै वडामा एकै दिन, एकै समय, एकैसाथ कार्यक्रम आयोजना गर्दै प्रचार अभियान थालिएको हो, पौडेलले भने,–‘क्षेत्रीय कार्यसमितिको संयोजनमा प्रत्येक वडामा एक जना प्रतिनिधि अनिवार्य खटिनुभएको छ । उहाँहरुको संयोजनमा वडा तहमा सोमबार दिउँसो १ बजे एकै पटक अभियानको शुभारम्भ भएको छ ।” क्षेत्रले वडा र प्रत्यक निर्वाचन बुथमा सम्पर्क कार्यालय पनि संचालन गरेको पौडेलले बताए ।

कार्यक्रममा चुनावी रणनीति निर्माण, मतदाता लक्षित कार्यक्रम, घरदैलो अभियानको प्रभावकारिता, संगठन सुदृढीकरण तथा बूथ व्यवस्थापनका विषयमा विस्तृत छलफल भएको भएको छ । यस क्षेत्रका ३७ वटामा ४५ जना प्रतिनिधि खटाईएको क्षेत्रीय सचिव तेजप्रसाद शर्माले जानकारी दिए । यस क्षेत्रबाट जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य महाधिवेशन महासमिति सदस्य, क्षेत्रीय समितिका पदाधिकारी, सदस्य, पुर्व जिल्ला सदस्य, पुर्व पदाधिकारीहरु र प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु रहेका छन ।

कार्यक्रममा बोल्ने नेताहरूले यसपटक काँग्रेस नयाँ सोच, नयाँ कार्यशैली र स्पष्ट विकास दृष्टिकोण सहित जनतामाझ आएको दाबि गरेका छन । उनिहरुले देशलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाउन काँग्रेसको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै बागलुङ क्षेत्र नं. १ मा पार्टीका उम्मेदवार भीम श्रीसलाई विजयी गराउनुको विकल्प नरहेको बताएका छन् ।

निर्वाचनका लागि लक्षित गरी नेतृत्व तहबाट आगामी दिनमा हरेक टोलसम्म पुग्ने गरी घरदैलो अभियान विस्तार गर्ने, युवालाई लक्षित विशेष संवाद कार्यक्रम सञ्चालन गर्ने र महिला तथा ज्येष्ठ नागरिकसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम समेत संचालन गरिने सचिव शर्माले जानकारी दिए ।

काँग्रेसले यस क्षेत्रमा त्रिभुवन विश्वविद्यालयका पूर्व स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति तथा राष्ट्रियस्तरका क्रिकेट अम्पायर भीम श्रीसलाई उम्मेदवार बनाएको छ । विद्यार्थी राजनीतिमा सक्रिय रहँदै संगठन निर्माणमा योगदान दिएका श्रीस खेलकुद क्षेत्रमा पनि परिचित व्यक्तित्वका रूपमा चिनिन्छन् । उनि काँग्रेसको हाल केन्द्रीय सदस्य हुन । वडा तहका कार्यक्रममा सहभागी नेताहरूले श्रीसको राजनीतिक अनुभव, युवा पुस्तामाझको पहुँच र सामाजिक सक्रियतालाई चुनावी बलको रूपमा लिएका छन । श्रीसले आफ्नो उम्मेदवारी विकास, सुशासन र पारदर्शितामा केन्द्रित रहने बताएका छन् । उनले क्षेत्रका सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा रोजगारीका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जिल्लामा क्रियाशिल दल र उम्मेदवारहरुले निर्वाचन आचारसंहिताका कारण यसअघि खुला सभा तथा औपचारिक कार्यक्रमहरू गर्न नसकिए पनि घरदैलो र आन्तरिक संगठनात्मक बैठकहरू जारी राखेका थियो ।
बागलुङ क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दै जाँदा विभिन्न दलहरू आ–आफ्ना एजेन्डासहित मतदातामाझ पुगिरहेका छन् । यस्तो अवस्थामा काँग्रेसले संगठित र योजनाबद्ध अभियानमार्फत आफ्नो जित सुनिश्चित गर्ने दाबी गर्दै अभियानलाई थप प्रभावकारी बनाउने तयारी गरेको काँग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए । सोमबारदेखि दलहरूले औपचारिक रूपमा प्रचार कार्यक्रम सुरु गरेसँगै चुनावी माहोल तातेको छ । यस क्षेत्रमा मुख्य प्रतिस्पर्धीको रुपमा नेपाली काँग्रेस, नेकपा एमाले, रास्वपा राजमो लगायतका दलहरु रहेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->