आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पूर्व सांसद एमाले नेतृ मन केसीलाई पितृशोक

पूर्व सांसद एमाले नेतृ मन केसीलाई पितृशोक

खत्रीको अन्त्येष्टी आज (बिहीवार) बिहान ११ बजे निवासबाट शबयात्राहित निरयघाटमा गरिने परिवारले जनाएको छ ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ६ २०८२, बुधबार

बागलुङ / पूर्व संघिय सांसद एवं नेकपा (एमाले)का केन्द्रीय सदस्य मन कुमारी केसी जिसीलाई पितृ शोक परेको छ । केसीका पिता हर्क बहादुर खत्रीको बुधवार साँझ बागलुङ नगरपालिका वडा नं. ३ गुठी स्थित आफ्नै निवासमा निधन भएको हो । ८१ वर्षीय खत्री केही समयदेखि विरामी थिए । खत्रीको अन्त्येष्टी आज (बिहीवार) बिहान ११ बजे निवासबाट शबयात्राहित निरयघाटमा गरिने परिवारले जनाएको छ ।

बागलुङको ताराखोला गाउँपालिका वडा नं. २ सिलेमा जन्मेका खत्रीले ८ वर्ष सिले प्राथमिक विद्यालयमा शिक्षण पेशा गरेका थिए । पञ्चायतकालमा तत्कालिन अर्गल गाविस वडा नं. १ को वडा अध्यक्ष रहेका खत्रीले सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान गरेका थिए । उनी २०४२ सालमा श्रीमती हरिकला खत्री, छोरीहरु गंगा केसी र मन कुमारी केसी सहित बागलुङ बजारमा बसाई सरेका थिए । स्वर्गीय खत्रीको श्रीमती हरिकला खत्रीको २०७७ मंसिर १७ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->