सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकीमा निर्वाचनका लागि १४ हजारभन्दा बढी कर्मचारी खटिने

गण्डकीमा निर्वाचनका लागि १४ हजारभन्दा बढी कर्मचारी खटिने

गण्डकी प्रदेशका ११ वटै जिल्लामा १ हजार २९७ मतदानस्थल र १ हजार ३९६ मतदान केन्द्र छन् । प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता छन् ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ७ २०८२, बिहिबार

पोखरा/यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा १४ हजारभन्दा बढी कर्मचारी खटिने भएका छन् ।

प्रदेशका ११ जिल्लामा रहेका २ हजार ३ सय ९६ मतदान केन्द्रमा ६ जनाका दरले १४ हजार ३ सय ७६ जना कर्मचारी खटिने प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए ।

एउटा मतदान केन्द्रमा १–१ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत, ३ जना सहायक कर्मचारी, १ जना कार्यालय सहयोगी र ३ जना स्वयंसेवक खटिने उनले बताए ।

जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत कर्मचारी व्यवस्थापनको काम भइरहेको छ । छनोट भएका मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्माचारीलाई तालिम दिएर मतदान केन्द्रमा पठाइने कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशका ११ वटै जिल्लामा १ हजार २९७ मतदानस्थल र १ हजार ३९६ मतदान केन्द्र छन् । प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता छन् ।

यहाँ सबैभन्दा बढी कास्कीमा ३ लाख ८ हजार ५७२ र सबैभन्दा कम मनाङमा ७००० मतदाता छन् । स्याङ्जामा ३ लाख ४८ हजार ८१६, तनहुँमा २ लाख ५४ हजार ३९७, नवलपुरमा २ लाख ६८ हजार ५२६, गोखरामा २ लाख २९ हजार ५८ र बागलुङमा १ लाख ९३ हजार १८१ मतदाता छन् ।यस्तै, लमजुङमा १ लाख ३७ हजार १२४, पर्वतमा १ लाख २५ हजार ४६६, म्याग्दीमा ८६ हजार ३९७ र मुस्ताङमा ११ हजार ३३८ मतदाता छन् । प्रदेशका कुल मतदातामध्ये ९ लाख १४ हजार ५३५ पुरुष, महिला नौ लाख ५५ हजार ५१६ र अन्य १४ जना छन् ।

गण्डकी प्रदेशमा २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा १६ लाख ६२ हजार २४६ मतदाता थिए । हालको चुनावमा २ लाख ७ हजार ८१९ नयाँ मतदाता थपिएका हुन् । गण्डकीमा १८ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->