सामाजिक सञ्जालमा आँखा डुलाउँदै थिए । एउटा अनौठो श्रव्य दृश्यले मगजमा सुनामी नै ल्यायो । मन भारी, आँखा टिलमिलाए । नुवाकोट जिल्ला किस्पाङ्ग गाउँपालिकामा तामाङ भाषाको वाइवल विमोचनसंगै भतेर लगाएर धर्मान्तरणको अभियान चलाएको स्पष्ट देख्न सकिन्थ्यो । लाग्छ, वैदिक सनातन (बौद्ध धर्मावलम्बी) तामाङ जातिको गरिबीलाई भावानात्मक रुपले प्रभावित पार्दै इसाई धर्मान्तरण गर्ने पाष्टरको खेती मौलाएको छ । यो उदाहरण नुवाकोटको भएपनि नेपालको अधिकांश पहाडी र हिमाली जिल्लामा यस्ता घटना दिनहुुँ घटिरहेका छन् । पुर्वको किराँतहरुको अस्तित्व इसाई धर्मान्तरणले लगभग समाप्तीको मोडमा पुगेको यथार्थलाई किराँत अगुवाहरु नै स्वीर्काछन् । मध्य नेपालमा बौद्ध जनजातीको अवस्था त्यस्तै भयावह छ । साथै, पश्चिम नेपालका पहाडी भेगमा शिल्पी समुदायको आफ्नो अस्तित्व इसाईकरणले समाप्त पार्दै गरेको यथार्थ शिल्पी समुदायको अगुवाले मनभित्र पीडा पालेर पोख्दै गरेको यथार्थ यो स्तम्भकारसंग ताजै छ ।
धर्मान्तरणको विकराल समस्या पहाडी र हिमाली जिल्लामा मात्रै सिमित रहेन । तराईका गरिब बस्तीहरुमा मुश्लिम, कृश्चियन धर्मान्तरण अभियानले प्रतिस्पर्धा नै चलाएको छ भन्दा अत्युक्ति नहोला । तर सधैं ब्राह्मण र क्षत्रीलाई शासक र वैदिक सनातनलाई पाखण्ड भन्दै नेपाली सभ्यता विरुद्धमा डकार्ने पत्रकार, मिडिया, अभियान्ता, प्राध्यापक, सामाजिक अगुवाहरु बौद्ध, किराँत र पुर्विय सभ्यताको अस्तित्व धरापमा पर्दा रमाइलो गर्दैछन् । विदेशमा भएको नकारात्मक क्रियाकलापलाई पनि वैदिक सनातनका संस्कृतिसंग जोडेर घृणा फैलाउन तल्लिन देखिन्छन् । आफ्नै देशका वैदिक सनातन सभ्यता भित्रका बौद्ध, किराँत बोन जैन जस्ता संस्कृति सकिदा आँखा चिम्लेर बस्छन् । तर पश्चिमी संस्कृतिको प्रबद्र्धनमा खुबै जोड गर्छन् । परन्तु यस्ता निष्कल चरित्रले स्वयंलाई घात गरेको बुझ्दैनन् ।
धर्मनिरपेक्षता घोषणाको दुई दशक पुग्दा नपुग्दै अल्पसंख्यकको सांस्कृतिक पहिचान गुम्दै गएको देख्दा जो–कोहीको माथिङ्गलमा प्रश्नको ज्वारभाटा आउँछ । राज्यले धार्मिक स्वतन्त्रता र सांस्कृतिक संरक्षणलाई कानुतः पालन गर्दै समान रूपमा सुदृढ ग¥यो ? कि वैदिक सनातन धर्म र धर्मावलम्बीलाई विनाश र घृणा भावको व्यवहार गर्ने, पश्चिमी संस्कृतिलाई आत्मसात गर्यो ? अथवा पाश्चात्य ऐतिहासिक सभ्यतागत राजनीतिक वा सामाजिक परिवेशलाई संरक्षण ग¥यो ? वैदिक सनातन आस्थाका धरोह, आधार क्रमशः कमजोर बन्दै जाँदा राज्य किन निरीह बन्यो ? यस्को जवाफ न राज्यसंग छ न जनप्रतिनिधि र दलका नेतासंग नै भेटिन्छ ।
नेपालको संविधान २०७२ को धारा २६ ले धार्मिक स्वतन्त्रतालाई सुनिश्चित गरेपनि धर्मान्तरणलाई पुर्ण निषेध गरेको छ । परापुर्व कालदेखि चलिआएको वैदिक सनातन परम्परा, रितीरिवाजलाई संरक्षण गर्नु राज्यको दायित्व, अभिभारालाई लत्याउँदै प्रलोभन र प्रभावद्वारा धर्म परिवर्तन गराउने मिसन विदेशी संस्था, विदेशी व्यक्तिको प्रत्यक्ष संलग्नतामा मौलाएको छ । सायद ! राज्यकै कानुनी प्रक्रियागत व्यवहारमा सन्तुलन बिग्रिएको हो कि ? खास समस्या धर्मनिरपेक्षताको हो भन्नेमा राज्य नै बेखबर छ । त्यसैले कटिबद्ध रुपमा वैदिक सनातन धर्म सापेक्ष राष्ट्रलाई अविलम्ब संविधानमा स्थापित गर्दै कार्यान्वयनमा लान जनता नै जाग्नुपर्ने देखिन्छ । किनकी यो देशको वैदिक सनातन सांस्कृतिक परम्परा, नेपाली एकता, भाषा, भेषभूषाको नास हुनु नै राज्यको अवसान हुन हो । विश्वको इतिहास हेर्दा पाश्चात्य औपनिवेशिक र पाश्चात्य संस्कृतिको धर्मान्तरणले प्रत्यक्ष रुपमा कयौं देशको सांस्कृतिक, धार्मिक पहिचानको अस्तित्व समाप्त भएका छन् ।
धर्मान्तरण व्यक्तिको प्रत्यक्ष संलग्नता साथै पाश्चात्य मिसनको लेख वा पाठ्यसामग्रीले पनि प्रभाव पार्छ । पाश्चात्य लेखनतर्फ फर्किँदा सन् १८१७ मा जेम्स मिलले लेखेको ज्ष्कतयचथ या द्यचष्तष्कज क्ष्लमष्ब ले दक्षिण एसियाली सभ्यतालाई पश्चिमी दृष्टिकोणबाट वर्गिकृत ग¥यो । त्यसपछि म्याक्स मूलरले वेदहरूको सम्पादन र अनुवाद गरे, जसले गर्दा पूर्वीय ग्रन्थहरूलाई युरोपमा परिचित त गरायो । तर दक्षिण एसियामा पुर्विय सभ्यतामा दरार पैदा गराएर इसाई धर्मान्तरण व्यापक मौलाउन पुग्यो । फुटाउ र राज गर भन्ने बेलायती भनाईलाई यथार्थमा परिणत ग¥यो । आज नेपाल, भारत लगायतका देशमा यहीँ रणनीति पश्चिमीको मद्दतगार सारथी बनेको छ ।
उत्तर–औपनिवेशिक अध्ययनलाई नियाल्दा (एड्वार्ड सइदको इचष्भलतबष्किm) ले देखाएअनुसार, औपनिवेशिक युगमा पूर्विय सभ्यता केवल ज्ञान उत्पादन मात्र थिएन । त्यो राज्यशक्ति, राजनीतिसँग पनि जोडिएको थियो । जेम्स मिल म्यास मुलरलाई पछ्याउँदै रोमिला थापर जस्ता इतिहासकारहरूले पुर्विय सभ्यतालाई पाश्चात्य आलोचनात्मक दृष्टिले पुनर्लिखित गरे । यस्लाई पश्चिमा मिसन बोक्नेहरुले वैज्ञानिकवाद र साम्यवादको जागरण ठाने पनि पुर्विय दर्शनलाई आत्मसात गर्नेहरू माझ सांस्कृतिक आत्मबोध कमजोर बनाउने प्रवृत्ति मानिन्छ । यिनै लेखक र यिनका कृतिको असरले आज दक्षिण एसियाली मुलुकमा पुर्विय सभ्यता र वैदिक सनातन राज्य अवधारणामा कस्तो असर परेको छ भन्ने दृष्टान्त हामीमाझ छर्लङ्ग छ । त्यसैले पाश्चात्य दृष्टिकोणबाट पुर्विय दर्शनको इतिहास लेखनले दीर्घकालीन रुपमा सांस्कृतिक पहिचानमाथि कसरी खेल्छ, मुल्यांकन गर्नु आम नेपालीको कर्तव्य हो ।
नेपालमा पनि २०४८ सालको बहुदलीय व्यवस्था पछि माथी उल्लेख गरिएका लेखक जस्ता पाश्चात्य दृष्टिकोणका भरियाद्वारा नेपाली सांस्कृतिक पहिचानमाथी घृणाभाव जागृत लेखन तिव्र रुपले बढेको छ । २०६३ को परिवर्तनपछि पश्चिमी संस्कृतिलाई आत्मसात गर्ने लेखक वा अधिकारवादीको बाढी नै आएको छ । जस्तै भन्नुपर्दा, उज्वल प्रसाईं, युग पाठक, अमित ढकाल, बसन्त बस्नेत, खगेन्द्र संग्रौला, राजेन्द्र महर्जन, सिके लाल, प्रतीक प्रधान, सरिता तिवारी, अमृता लम्साल, मोहना अन्सारी, सचिन तिमल्सिना, भवानी बराल, नारायण वाग्ले, बाबुराम भट्टराई, चैतन्य मिश्र, लगायतले धर्मनिरपेक्षता, जाति संरचना र राज्य–धर्म सम्बन्धबारे आलोचनात्मक लेखन गरेका छन् ।
लोकतन्त्रमा फरक विमर्श स्वाभाविक भएपनि नेपाली सांस्कृतिक पहिचान र एकतालाई घृणाभाव र द्वन्द्वात्मक परिस्थितीको जग हाल्न खोज्नु वा पाश्चात्य मिसनको मगज बोकेर सनातनलाई निरन्तर खेद्नु निकृष्ट, अधम क्रियाकलाप सिल्लड पन हो । बौद्ध, किराँत जैन, बोन संस्कृतिमा निरन्तर ह्रास आउँदा कृश्चियनको संख्यामा अत्यास लाग्दो वृद्धि हुनु राज्यको अवसानको मार्ग हो । यस्तो जटिल अवस्था आउँदा पनि नयाँ भनिएको दलहरू पनि धर्मनिरपेक्षलाई काँधमा बोकेर गोहीका आँसु झार्न मन्दिर धाउने प्रवृत्ति हास्यास्पद देखिन्छ । यसको सामाजिक, आर्थिक र संरचनागत कारणबारे पारदर्शी अध्ययन हुनुपर्छ । समाज कल्याण परिषद ऐनले एनजिओ÷आइएनजिओलाई धर्मप्रचार गर्न अनुमति दिँदैन । तर तिनै गैरसरकारी संस्था र विदेशीको प्रत्यक्ष संलग्नतामा कानुन विपरीत धर्मान्तरणको गतिविधि भइरहेको छ ।
राज्यको निगरानी र कानुनी कार्यान्वयन सत्ताकै स्वार्थमा रुमलिएको स्पष्ट देखिन्छ । जब राज्यको सांस्कृतिक पहिचानलाई संरक्षण र सम्बद्र्धन गरिदैन, संवेदनशील रूपमा हेरिदैन, तब बाह्य शक्तिले त्यो देशको सांस्कृतिक अस्तित्व समाप्त गर्छन् । उदाहरण भारत, फिलिपिन्सलाई लिन सकिन्छ । क्त। ँचबलअष्क ह्बखष्भच सन् १५४२ मा गोवा आएर धर्मानतरण शुरूवात गरेको थिए।आज गोवाको सांस्कृतिक अस्तित्व सामप्त भैसकेको छ । त्यस्तै फिलिपिन्समा क्भउतझदभच १७, १५८१ मा इसाईको प्रवेशसंगै त्यहाँको धार्मिक र सांस्कृतिक पहिचान आज ध्वस्त भैसकेको छ । धार्मिक निरपेक्षताको प्रत्यक्ष असर वैदिक सनातन (हिन्दू बौद्ध, किराँत) परम्परामा परेको छ ।
यदि अहिलेको जेन्जी आन्दोलनको उपलब्धी पश्चात पनि धर्मनिरपेक्षतालाई नै यथावत राखेर अगाडि बढ्ने हो भने, समुल राष्ट्रियता क्षयिकरण र धार्मिक द्वन्दलाई निम्तो दिनु हो । राजनीतिक दलहरूले बाह्य शक्तिकेन्द्रलाई भन्दा देश र जनताको हितमा नीतिगत विश्वसनीयता, राष्ट्रलाई केन्द्रमा राखेर राजनीति गर्नुपर्छ । संविधानको निष्पक्ष कार्यान्वयन, पारदर्शी अनुसन्धान र आफ्नै सभ्यतागत अध्ययनको सुदृढीकरणलाई कटिबद्ध रुपमा कार्यान्वयन गर्नुपर्छ । धर्मान्तरणलाई कट्टर भएर जनताकै प्रत्यक्ष निगरानी र संलग्नतामा निस्तेज पार्नुपर्छ । रोग र भोकलाई हतियार बनाएर चर्च बोलाउने धर्मान्तरण गर्दै दशांश भेटी जस्ता अनेकौं भेटी उठाएर जनता ठग्ने पास्टरवादको अन्त्य गर्न अब राज्यले कुनैपनि मुल्य चुकाउनु हुदैन ।
जय मातृभुमी




