पोखरा/तमु सांस्कृतिक प्रतिष्ठान नेपालले २५ औं बार्षिकोत्सव भव्य रुपमा मनाएको छ । प्रतिष्ठानले वार्षिकोत्सवको अवसरमा स्रष्टा सम्मान एवम् विद्यार्थीलाई पुरस्कार वितरण गरेको हो ।
कार्यक्रममा तमु धिं नेपालका संस्थापक अध्यक्ष, प्रमुख सल्लाहकार एवम् परमसंरक्षक तथा प्रतिष्ठानका अक्षयकोष दाता कर्म तमुको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रतिष्ठानको अध्यक्ष श्रीजङ तमुको सभापतित्वमा सम्पन्न कार्यक्रममा ‘पार्वता तमु स्मृति पुरस्कार’द्वारा समाजसेवी कृष्णबहादुर तमु ‘घनबहादुर तमु स्मृति सम्मान’ द्वारा साहित्यकार तीर्थ तमु, ‘क्या. मिनबहादुर तमु स्मृति सम्मान’द्वारा नृत्य निर्देशक गमबहादुर परियार (गम्भीर बर्देवा), ‘लालशोभा उत्कृष्ट आमा अवार्ड’द्वारा स्याङ्जाका प्रतीक्षा तमु र ‘उच्च शिक्षा पुरस्कार’द्वारा पृथ्वी नारायण क्याम्पस, बगरमा स्नातक तहमा अध्ययनरत विद्यार्थी रितिका तमु सम्मानित भएका छन् ।
यस्तै तमु धिं यु.के.द्वारा तेक्वान्दो खेलाडी रेखामाया तमु र टेनिस खेलाडी साल्दी तमुलाई नगद, प्रमाणपत्र, एवम् खादा माला लगाएर सम्मान गरिएको थियो ।
रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा संस्थापक कार्यसमितिका पदाधिकारीहरु अध्यक्ष खेमबहादुर तमु, उपाध्यक्ष तेजबहादुर तमु, उपाध्यक्ष झम तमु, उपाध्यक्ष दुर्गाबहादुर तमु, उपाध्यक्ष चित्रबहादुर तमु, सदस्य सचिब हेमचन्द्र तमु, सचिव भेषबहादुर तमु, कोषाध्यक्ष सविता तमु, दस्यहरु डमरबहादुर तमु, श्रीप्रसाद तमु र गणेश तमु तथा वर्तमान सल्लाहकार संयोजक एवम् पूर्व अध्यक्ष चिजकाजी तमुलाई समेत सम्मान गरिएको थियो । यसका साथै प्रवासमा बसेर पनि सन्चार क्षेत्रमा निरन्तर योगदान पुर्याइरहनु भएका गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई पनि सम्मान गरिएको छ ।





