सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सहारा एकेडेमीका बालकलाई फुटबल बुट सहयोग

सहारा एकेडेमीका बालकलाई फुटबल बुट सहयोग


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन ८ २०८२, शुक्रबार

पोखरा/अभिनेत्री माया गुरुङले सहारा फुटबल एकेडेमीका बालकहरुलाई फुटबल बुट सहयोग गरेकी छन् ।

पोखरा रंगशालामा चलिरहेको २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकप अवसरमा उनले एकेडेमीका ३० जना बालकहरुका निम्ति ३० जोडी फुटबल बुट सहयोग गरेकी हुन् । सहारा हङकङका सल्लाहकार समेत रहेकी अभिनेत्री गुरुङले यसअघि पनि एकेडेमीमा सहयोग गर्दै आएकी थिइन् ।

उनको निर्माणमा बनेको नेपाली फिल्म ‘पेन्सनपट्टा’ले दुई साताअघि मात्र छायांकन सकाएको छ । लमजुङ लगायतमा छायाकन गरिएको यो फिल्मका निर्देशक माओत्से गुरुङ हुन् । जहाँ, माया आफैँै पनि अभिनय गरेकी छन् ।

आफ्ना छोरा हिमाल गुरुङको जन्मोत्सवको अवसरमा एकेडेमीका बालकलाई सहयोग गर्न पाउँदा सन्तुष्टि मिलेको गुरुङले प्रतिक्रिया दिइन् ।

यसैबीच, ट्रडर्स जेएन एफ.सी. हङकङको प्रायोजन एवं आकाश राईद्वारा एकेडेमीका बालकलाई १० थान फुटबल सहयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->