बागलुङ / न्यु एभरेष्ट ऐकेडमी बागलुङले गत माघ २९ गते भएको स्कुल बस दुर्घटनामा ज्यान गुमाएका आफ्ना दुुई बिधार्थीको स्मृतिमा शुक्रवार विद्यालय परिसरमा श्रद्धाञ्जली सभाको आयोजना गर्यो ।
श्रद्धाञ्जली सभामा शोक मन्तब्य राख्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले मृतक दुई बाबुहरुप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै कुनै पनि विपती बाजा बजाएर नआउने भएकोले शोकलाई शक्तिमा बदलेर अगाडि बढ्नुपर्ने बाध्यता रहेको बताए । उक्त दुःखद दुर्घटनाबाट मृतकका घरपरिवार, बिद्यालय परिवार र आफन्तजनलाई अपुरणीय क्षति पुगेको उल्लेख गर्दै उपप्रमुख खड्काले परिवारप्रति सहानुभुती र गहिरो समवेदना ब्यक्त गरे । उनले घाईते विद्यार्थीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरे ।

खुशी मन बागलुङका अध्यक्ष तथा मनोविमर्शदाता नारायण आचार्यले स्कुल बस दुर्घटनाबाट भएको मानविय क्षतिले सवैलाई दुःखी र स्तब्ध बनाएको बताउदै अब मानसिक रुपमा स्वस्थ हुनेगरी अगाडि बढ्न सवैलाई अनुरोध गरे ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण गौतम र प्रिन्सिपल कृष्ण बहादुर अधिकारीले स्कुल बस दुर्घटनाबाट भएको क्षतिले बाबुनानीहरुको अभिभावक, आफन्त र विद्यालय परिवार शोकमा डुबेको र विद्यालयलाई अपुुरणीय क्षति भएको बताउदै मृतक बाबुहरुप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना अर्पण गरे । घाईते विद्यार्थीको शिघ्र स्वास्थय लाभको कामना गर्दै यस दुःखद अवस्थामा बिद्यालय परिवारलाई साथ दिने, सहयोग गर्ने र समवेदना ब्यक्त गर्नुुहुने सवैप्रति आभार ब्यक्त गरे ।
बिद्यालयका सहप्रिन्सिपल प्रवेश मुखिया, शिक्षक माधव चापागाई, राधा खत्री लगायतका शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरुले मृतकप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शोकको घडीमा धैर्यधारणा गर्ने शक्ति प्राप्त होस भन्दै प्राथना गरे । उनीहरुले स्वर्गिय बिद्यार्थीको आत्माको चीरशान्तिको कामना गरे । दिवंगत विद्यार्थीहरुको तस्वीरमा माल्यार्पण सहित पुष्पगुच्छा अर्पण गरेका थिए ।
स्कुल बस दुर्घटनामा २ बिधार्थीहरु कक्षा ८ का अमन बोहोरा र कक्षा ४ का सुजल छन्त्यालको निधन भएको थियो । घाईते मध्ये दुई जना विद्यार्थीको हाल पोखरामा उपचार भइरहेको बिधालयले जनाएकोे छ ।









