आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

रास्वपा उमेदवार खड्काको प्रतिवद्धता: आइटी र पर्यटन क्षेत्रमा रोजगारी बढाउने लक्ष्य

रास्वपा उमेदवार खड्काको प्रतिवद्धता: आइटी र पर्यटन क्षेत्रमा रोजगारी बढाउने लक्ष्य

जिल्ला भित्रै १२ हजारबढी आइटी क्षेत्रमा रोजगारी सिर्जना गर्ने, बागलुङको हावापानी सुहाउने खालको डाटा सेन्टर र कृषिलाई व्यवसायिक बनाउने बताए ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ९ २०८२, शनिबार

बागलुङ/राष्ट्रिय स्वतन्त्र पार्टीका बागलुङ क्षेत्र नंं १ का उमेदवार सुशिल खड्काले वातावरण संरक्षण, आईटि र पर्यटनको क्षेत्रमा काम गरेर रोजगारी बढाउने बताएका छन् । यस अघि गरिरहेका कामलाई बागलुङ लक्षित बनाउन उनले आफ्नो उमेदवारी रहेको पनि बताए ।

शनिवार पत्रकार सम्मेलन गरेर आफ्ना प्रतिवद्दता पत्र समेत सार्वजनिक गरेका हुन् । खड्काले नेपालको वर्तमान अर्थतन्त्रलाई मजबुत बनाएर रोजगारी सिर्जना गर्न सकिने बताए । ‘अहिलेको ३ प्रतिशतको आर्थिक वृद्दिदरलाई बढाएर पाँच बर्षभित्र ७ प्रतिशत पु¥याउने लक्ष्य छ’ उनले भने, ‘त्यसकालागि हरित बिकास, सरकारी सेवालाई छरितो र पारदशी बनाउनुपर्छ ।’

जिल्ला भित्रै १२ हजारबढी आइटी क्षेत्रमा रोजगारी सिर्जना गर्ने, बागलुङको हावापानी सुहाउने खालको डाटा सेन्टर बनाउने, कृषिलाई व्यवसायिक बनाउने, बितरण प्रणाली पारदर्शी, सहकारी पीडितको रकम फिर्ता गर्ने जस्ता काम गर्ने बताए । उनले पार्टीको घोषणापत्र र जिल्ला भित्र क्षेत्र नंं १ लाई लक्षित कार्यक्रम समेत सार्वजनिक गरे ।

उनले फोहोर मैला शुन्य नगर बनाउने, युवा, महिला, दलीत, जनजाती, अपांग भएका व्यक्ति, जेष्ठ नागरिक, लैङिगक अल्पसंख्यक सबैले राज्यका सेवा सबैले समान पाउनुपर्छ, उपयोगी र गुणस्तरीय पुर्वाधारबाट जनजीवन सहज बनाउने, जनताको स्वास्थ्यमा लगानी बढाउने, एक वडा एक कृषि प्राविधिक तयार गर्ने, उत्पादन बढाउन मूल्य तोक्ने, पशुबिमा अनिवार्य, सिंचाइमा अनुदान, माटो परीक्षण मार्फत उत्पादन जस्ता क्रियाकलाप गर्ने पनि उनले बताए ।

रास्वपाको केन्द्रीय नीति अनुसार पुराना राजनीतिक दलले सुशासन दिन नसकेको, बिकासमा भ्रष्टाचार गरेको, जनतालाई बिदेशिन बाध्य बनाएको जस्ता क्रियाकलापले जेनजी आन्दोलन उर्लेको समेत बताए । त्यसकै जगमा अहिलेको निर्वाचन आएको भन्दै अबका दिनमा आफ्नो दललाई सरकारमा लैजान जनताले मत दिनुपर्ने बताए ।

उनले भदौ २३ पहलिो अध्याय भएको भन्दै फागुन २१ दोश्रो अध्याय मार्फत देशलाई परिमार्जन गर्ने अबसर बनेर आएको उनले बताए । त्यसकालागि घरदैलो सहित जनताको माझमा एजेण्डा लिएर गएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->