आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सरकारी सवारी साधन दुरुयोग नगर्न उपभोक्ता मञ्चको अपिल

सरकारी सवारी साधन दुरुयोग नगर्न उपभोक्ता मञ्चको अपिल

निर्वाचनको बहानामा बजारमा खाना पकाउने ग्यास र खाद्यान्नको कृतिम अभाव सिर्जना गर्ने, अस्वभाविक मुल्यवृद्धि गर्ने जस्ता कार्य नगर्नसमेत सचेत गराईएको मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताए ।


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन १० २०८२, आइतबार

बागलुङ/निर्वाचनको समयमा सरकारी सवारी साधनको दुरुपयोग र बजारमा खाद्यान्न तथा इन्धनको कृतिम अभाव हुन नदिन राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले अपिल गरेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचको प्रचार प्रसार लगायतका गतिविधिमा स्थानीय तह र सरकारी कार्यालयका सवारी साधन दुरुपयोग हुन नदिन मञ्चले अपिल गरेको हो ।

निर्वाचनको बहानामा बजारमा खाना पकाउने ग्यास र खाद्यान्नको कृतिम अभाव सिर्जना गर्ने, अस्वभाविक मुल्यवृद्धि गर्ने जस्ता कार्य नगर्नसमेत सचेत गराईएको मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताए । मञ्चले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न, शिक्षकहरुले पार्टीको प्रचार प्रसार नगर्न र शैक्षिक वातावरण नबिगार्न पनि सचेत गराएको छ ।

मञ्चले एक विज्ञप्ती जारी गर्दै निर्वाचनलाई भयरहित र शान्त वातावरणमा सम्पन्न गर्न सरोकारवालालाई अनुरोध गरेको छ । डिजिटल युगमा मतदाताले कसलाई मतदान गर्ने भन्ने आफैले निधो गरिसकेका हुने भएकाले अस्वभाविक तरिकाले मत प्रभावित नगर्न र निर्वाचनको वातावरण शान्त राख्न अनुरोध गरिएको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->