सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पोखराबाट काठमाडौं जाँदै गरेको बस त्रिशुलीमा खस्यो: १७ जनाको मृत्यु, २४ घाइते

पोखराबाट काठमाडौं जाँदै गरेको बस त्रिशुलीमा खस्यो: १७ जनाको मृत्यु, २४ घाइते

घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ । घाइते तथा मृतकको सनाखत हुन बाँकी छ ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ११ २०८२, सोमबार

पोखरा / पोखराबाट काठमाडौं हिडेको बस सोमबार बिहान धादिङमा भएको दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस राति करिब साढे १ बजे धादिङको बेनिघाट रोराङ्ग गाउँ पालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा त्रिशूली नदीको किनारमा खसी दुर्घटना भएको थियो ।

दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको कमाण्डमा टोली खटिएको छ । विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट गोताखोरसहितको विशेष उद्धार टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआइजी विष्णु प्रसाद भट्टले जानकारी दिए ।

डिआइजी भट्टका अनुसार मृत्यु भएका १७ जनाको शव घटनास्थलमै रहेको छ । घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ भने मृतक तथा घाइतेको सनाखत कार्य जारी रहेको छ ।

घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ । घाइते तथा मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुलेको छैन ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->