मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

कास्की–२ का स्वतन्त्र उम्मेदवार पौडेलद्वारा उम्मेदवारी फिर्ता, कांग्रेसलाई समर्थन

कास्की–२ का स्वतन्त्र उम्मेदवार पौडेलद्वारा उम्मेदवारी फिर्ता, कांग्रेसलाई समर्थन


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन १२ २०८२, मंगलबार

पोखरा/ कास्की निर्वाचन क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार निरञ्जन विक्रम पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले कांग्रेस उम्मेदवार माधवप्रसाद बास्तोलालाई समर्थनको घोषणा समेत गरेका छन ।

उनले लोकतन्त्रको रक्षा, सकारात्मक परिवर्तन र दीर्घकालीन स्थायित्वका लागि नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेको विज्ञप्तिमार्फत जनाएका छन् । उनले आफ्नो राजनीतिक यात्रा पद, सत्ता वा सौदाबाजीका लागि नभई पुस्तान्तरण, युवाको आत्मसम्मान, अवसर र सुरक्षित भविष्यको खोजीका लागि सुरु भएको उल्लेख गरेका छन् । वर्तमान राजनीतिक परिस्थिति, कांग्रेसको स्पष्ट दृष्टिकोण, उम्मेदवार बास्तोलाको निष्ठा, इमानदारी र युवामैत्री सोचका कारण समर्थन गर्ने निर्णयमा पुगेको उनले जनाएका छन् ।

पौडेलले विज्ञप्तिमा भनेका छन्, ‘आज उम्मेदवारी फिर्ता लिएको छु तर आवाज फिर्ता लिएको छैन । आज सहयोग गरेको छु तर प्रश्न सोध्ने अधिकार गुमाएको छैन ।’ उनी जेन जी उम्मेदवार थिए । उनले आफ्नो निर्णय आत्मसमर्पण नभई सर्तसहितको सहयोग भएको स्पष्ट पारेका छन् । ‘यदि जनताको आवाज सुनिएन, युवाको भरोसामाथि खेलवाड भयो, भ्रष्टाचार, दमन र सत्ता मोह हाबी भयो भने म फेरि पनि कलमबाट, आवाजबाट र सडकबाट खबरदारी गर्न कहिल्यै पछि हट्नेछैन,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->