शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

सामाजिक सञ्जाल होईन, जनताको मन बुझ्ने प्रतिनिधि हुँः एमाले उमेदवार चालिसे

सामाजिक सञ्जाल होईन, जनताको मन बुझ्ने प्रतिनिधि हुँः एमाले उमेदवार चालिसे

चालिसेले महिलाहरुको नेतृत्व सुदृढिकरणका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउँदै पदका लागि मात्रै उमेद्वार नबनेको स्पष्ट पारिन् ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०८२, बुधबार

बागलुङ / नेकपा एमाले बागलुङ क्षेत्र नं २ का उमेद्वार मञ्जु शर्मा चालिसेले सामाजिक सञ्जालको लहरभन्दा भूगोलमा मतदाताको वास्तविक दुःख र आवश्यकता बुझ्ने प्रतिनिधि खोजेको बताएकी छन् ।

नेकपा एमाले बडिगाड २, खर्वाङको आयोजनामा भएको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा चालिसेले आफुले स्वास्थ्य क्षेत्रमा काम गर्दा गाउँगाउँ पुगेर सेवा गरेको अनुभव सुनाउँदै भूगोलको समस्या बुझ्ने र स्थानिय भावना अनुसार काम गर्न सक्ने नेतृत्व आवश्यकता भएको बताएकी छन् ।

नेकपा एमालेको केन्द्रिय सदस्य चालिसेले महिलाहरुको नेतृत्व सुदृढिकरणका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउँदै पदका लागि मात्रै उमेद्वार नबनेको स्पष्ट पारिन् ।

विकास क्रमवद्ध भैरहने प्रक्रिया भएको तर गुणस्तरीय र दिगो विकास आजको आवश्यकता रहेको बताउँदै चालिसेले नवयुवाको चाहना अनुरुपको सुसासनको क्षेत्रमा काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य बाबुराम नेपालीले स्थिर सरकार र सुशासनका लागि एमालेको जित आवश्यक रहेको बताउदै देशको राष्ट्रियता कमजोर भएकोबेला एकजुट भएर देश जोगाउनुपर्ने बेला आएको बताए ।

नेकपा एमाले बागलुङका कार्यवाहक अध्यक्ष एवं निर्वाचन परिचालन कमिटिका संयोजक विष्णु प्रसाद भुसालले एमालेसंग स्पष्ट निति, विचार र देश बनाउने खाका रहेको भन्दै उच्च आत्मबलका साथ निर्वाचनमा खटिन कार्यकर्ताहरुलाई निर्देशन दिए ।

विगतमा गठनबन्धनको विरुद्ध एक्लै उभिँदा उपविजेता बन्नुपरेको भन्दै यसपटक जित सुनिश्चत भएको बताए । कार्यक्रम वडा कमिटि अध्यक्ष खगिश्वर अर्यालको अध्यक्षता तथा सचिव लेखक पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

एमालेले निसिखोला, तमानखोला, ताराखोला र बडिगाड गाउँपालिका तथा ढोरपाटन नगरपालिकामा उमेदवारसंगको भेटघाट सहितका कार्यक्रम सम्पन्न गरेको छ। भोलीदेखि गल्कोट नगरपालिका र ताराखोलामा भेटघाट कार्यक्रम हुने र सबै वडामा निर्वाचन परिचालन कमिटी सहितको घरदैलो कार्यक्रम फागुन १८ गते सम्म नियमित चल्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->