शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मृतकका परिवारलाई राहत प्रदान

मृतकका परिवारलाई राहत प्रदान


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन १४ २०८२, बिहिबार

बागलुङ/स्कुल भ्यान दुर्घटना परी ज्यान गुमाएका परिवारलाई राहत रकम प्रदान गरिएको छ । दक्षिण बागलुङको वातावरण संरक्षण संस्था जैमिनी–६ अर्जेवाले मृतकका परिवारलाई जनही ५ हजार १ सय रुपैयाँका दरले राहत रकम प्रदान गरेको हो ।

गएको माघ २९ गते बिहिबार विद्यालयबाट घर फर्किने क्रममा बागलुङ नगरपालिका वडा नंं. १ स्थित न्यु एभरेष्ट एकेडेमीको ग ३ च ८६२१ नंं. को स्कुल भ्यान बागलुङ नगरपालिका वडा नं. ३ हाँडेपाखामा दुर्घटना भएको थियो ।

दुर्घटनामा कक्षा ४ मा अध्ययनरत सुजल छन्त्याल र कक्षा ८ अध्ययनरत अमन बोहोराका निधन भएको थियो । विद्यार्थी र शिक्षकको उपस्थितीमा मृतक छन्त्यालका अभिभावक गंगा प्रसाद छन्त्याल र बोहोराका अभिभावक कृष्णबहादुरलाई राहत रकम प्रदान गरिएको संस्थाका अध्यक्ष धिराज केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->