शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मगर दिवसमा बडिगाडका तीन वडामा सार्वजनिक बिदा

मगर दिवसमा बडिगाडका तीन वडामा सार्वजनिक बिदा


  • अनिष पाठक
  • फाल्गुन १४ २०८२, बिहिबार

बागलुङ/४४ औँ मगर एकता दिवसको अवसरमा बडिगाड गाउँपालिकाका तीन वडाले सार्वजनिक विदा दिने निर्णय गरेका छन ।

पालिकाका वडा नं. ३, ४ र ८ नम्बर वडाद्धारा जारी सूचनाअनुसार मगर समुदायको सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई सम्मान गर्दै फागुन १५ गते शुक्रबार वडा क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय, संघसंस्था तथा सम्बन्धित निकायहरूमा सार्वजनिक बिदा दिईने भएको छ ।

सुचना जारी गर्दै वडा नं. ३ का वडाध्यक्ष खडक बहादुर पुनले मगर समुदायको भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले बिदा दिने निर्णय गरिएको जानकारी दिए ।

यस प्रकारका सांस्कृतिक पर्वहरूले सामाजिक सद्भाव, आपसी सम्मान र समुदायबीच एकता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास वडा कार्यालयको छ । यद्यपि, बिदा भएपनि अत्यावश्यक सेवा प्रवाह भने यथावत् सञ्चालन हुने वडा कार्यालयले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->