मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

कास्कीका ४ उम्मेदवारले बैंक खाताका लागि सिफारिस लगेनन्

कास्कीका ४ उम्मेदवारले बैंक खाताका लागि सिफारिस लगेनन्

२ जनाको खाता खोल्न नमिल्ने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १६ २०८२, शनिबार

पोखरा/ प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारले निर्वाचनमा हुने खर्चको पारदर्शिताका लागि बैंक खाता खोल्न अनिवार्य गरिएको छ । तर कास्कीमा ४९ उम्मेदवार मध्ये ४ जनाले बैंक खाता खोल्नका लागि सिफारिशै नलगेको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

निर्वाचनमा मतदानका लागि ५ दिनमात्रै बाँकी रहँदा कास्कीका ४२ उम्मेदवारहरुले मात्रै आफ्नो नाममा छुट्टै बैंक खाता सञ्चालनमा ल्याएका छन् । खर्चको विवरण देखाउनका लागि ४५ उम्मेदवारले सिफारिस लगे पनि कर्जा सूचना केन्द्रको ‘कालोसूची’ मा परेका कारण २ जना उम्मेदवारको बैंक खाता खुल्न नसकेको कार्यालयले जनाएको छ ।

कास्कीका प्रमुख कोष नियन्त्रक तथा निर्वाचन अनुगमन अधिकृत रमेश अर्यालका अनुसार सिफारिस लगेकामध्ये एक जना उम्मेदवारको नागरिकताको विवरण नमिलेकाले खाता नखुलेको र खुल्ने क्रममा रहेको छ । ४ जना उम्मेदवारले भने आफु संलग्न राजनीतिक पार्टीको खाताबाटै कारोवार गर्ने भन्दै खाता खोल्न नमानेका हुन् । निर्वाचन आचारसंहिताको दफा १६ (ख) अनुसार उम्मेदवारले छुट्टै बैंक खाता खोलेर सोहीमार्फत खर्च गर्नुपर्छ । तर, खाता नखोल्ने उम्मेदवारमाथि के कस्तो कारबाही गर्ने भन्नेबारे निर्वाचन आयोगले स्पष्ट कार्यविधि र निर्णय टुंगो लगाउन बाँकी रहेको अर्यालले जानकारी दिए ।

प्रदेश निर्वाचन कार्यालयले हालसम्म गरेका मुख्य गतिविधिबारे जानकारी दिने उद्देश्यले आयोजना गरेको पत्रकारसंगको अन्तरक्रियाका क्रममा अर्यालले यो जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->