सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

महिलामाथि अभद्र व्यवहार गर्ने पक्राउ

महिलामाथि अभद्र व्यवहार गर्ने पक्राउ


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन १७ २०८२, आइतबार

पोखरा / पोखरामा सार्वजनिक स्थलमा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ स्थायी घर भई हाल पोखरा–२५ हेम्जा बस्ने २३ वर्षीय मनिस थापा रहेका छन् ।

कास्की प्रहरीका अनुसार गत शुक्रबार दिउँसो पोखराको चिप्लेढुंगास्थित पार्किङ स्थलमा २ जना महिला माथि कुटपिट तथा झैझगडा भएको घटना विभिन्न सामाजिक सञ्जालहरुमा आएको थियो । प्रहरीले सूक्ष्म अनुसन्धान गरी खोजतलास गर्दै जाँदा उक्त घटनामा थापा संलग्न रहेको पाएपछि आज पक्राउ गरिएको हो ।

पार्किङ शुल्क उठाउने थापालाई चिप्लेढुंगाबाट नै पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->