सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पोखरामा शेर्पा समुदायले मनाए ‘ग्याल्पो ल्होसार’

पोखरामा शेर्पा समुदायले मनाए ‘ग्याल्पो ल्होसार’


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन १७ २०८२, आइतबार

पोखरा/पोखरामा शेर्पाहरुको ठूलो पर्व ‘ग्याल्पो ल्होसार’ मनाइएको छ । शेर्पा समुदायले शुभकामना आदानप्रदान गरेर ल्होसार मनाएका हुन् ।

कार्यक्रममा शेर्पा समुदायको मौलिक स्याब्रु नृत्य प्रस्तुत गरिएको थियो, जसले उपस्थित दर्शकलाई विशेष आकर्षित गरेको थियो। पारम्परिक पोशाकमा सजिएका कलाकारहरूले प्रस्तुत गरेका थिए। साथै, समुदायभित्र शिक्षा क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गरेका युवालाई प्रोत्साहन गर्ने उद्देश्यले त्रिभुवन विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेका लाक्पा शेर्पालाई सम्मान गरिएको थियो ।

राजेश शेर्पाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लोेपेन गोम्पु शेर्पा शेर्पाहरूको संस्कृतिको महत्वबारे प्रकाश पारेका थिए । उनले हिमालसंग जीवन गासिएको जाति शेर्पा नेपालका लागि अति नै महत्वपूर्ण रहेको बताए । उनले नेपालको पर्यटन प्रर्बद्धनमा शेर्पा जातीको भूमिका निकै रहेको समेत सुनाए । उनले भाषा, भेषभूषा, परम्परा र संस्कारको संरक्षण गर्न नयाँ पुस्तालाई सचेत र सक्रिय बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा पूर्वाञ्चल सेवा समाजको अध्यक्ष बालकुमार लुईटेलले ल्होसार पर्वले आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश फैलाउने बताए । यस्ता सांस्कृतिक कार्यक्रमले सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउने उनले बताए । कार्यक्रममा समुदायका अग्रज, बुद्धिजीवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो ।

कार्यक्रमका क्रममा विभिन्न वक्ताहरूले ग्याल्पो ल्होसारको ऐतिहासिक पृष्ठभूमि, यसको धार्मिक तथा सांस्कृतिक महत्वबारे चर्चा गर्दै समुदायबीच एकता, सहकार्य र आपसी सहयोगको भावना विकास गर्नुपर्नेमा जोड दिएका थिए। सहभागीहरूले एकअर्कालाई शुभकामना आदान–प्रदान गर्दै पर्वको उल्लास साझा गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->