पोखरा/ पोखराको लेकसाइडमा भेटिएको शंकास्पद बस्तु नाइट्रोजन ग्यास भएको पाइएको छ । पोखरा महानगरपालिका–६ लेकसाइड नजिकको लालुपाते मार्गमा शंकास्पद वस्तु भेटिएको थियो ।
कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतका अनुसार एक अपरिचित व्यक्तिले कपडा सिलाउने पसलमा केहीबेर राखिदिन आग्रह गरेर गएको र झोलाबाट गन्ध आएपछि सुरक्षा निकाय उक्त स्थानमा पुगेको थियो । नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको थियो । तर उक्त झोलाभित्र नाइट्रोजन ग्यास भेटिएको बस्नेतले बताए । उक्त झोला सम्बन्धित व्यक्तिले नै लगेका छन् ।





