मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

कास्की–१ मा रास्वपाका खड्कराज पौडेल (गनेस) को जित पक्का

कास्की–१ मा रास्वपाका खड्कराज पौडेल (गनेस) को जित पक्का

१४ हजार ८४२ मत गन्न बाँकी रहेका बेला उनी निकटतम प्रतिद्वन्द्वी भन्दा २१ हजार २९५ मतले अगाडि छन् ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०८२, शनिबार

पोखरा / कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खड्कराज पौडेल (गनेस) को जित पक्का भएको छ । खसेको मतको १४ हजार ८४२ मत गन्न बाँकी रहेका बेला उनी निकटतम प्रतिद्वन्द्वी भन्दा २१ हजार २९५ मतले अगाडि छन् ।

हालसम्म ५५ हजार ३८४ मतगणना हुँदा पौडेलले ३० हजार ४८१ मत प्राप्त गरेका छन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तिलक रानाभाटले ९ हजार १८६ मत पाएका छन्।
यस क्षेत्रमा ७० हजार २२६ मत खसेकोमा हालसम्मको गणनाअनुसार १४ हजार ८४२ मत गन्न बाँकी रहेको छ। बाँकी मतगणनाबाट परिणाममा कुनै प्रभाव नपर्ने भएपछि रास्वपाका उम्मेदवार पौडेलको जित पक्का भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->