मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

कास्की क्षेत्र नम्बर १ मा रास्वपाका पौडेल विजयी

कास्की क्षेत्र नम्बर १ मा रास्वपाका पौडेल विजयी


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन २३ २०८२, शनिबार

पोखरा/ कास्की निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खडकराज (गनेस) पौडेल ठूलो मतान्तरसहित विजयी भएका छन् ।

पौडेलले ३९ हजार ८८३ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तिलकबहादुर रानाभाटले ११ हजार २१४ मत पाएका छन् । यसैगरी एमालेका उम्मेदवार वैनबहादुर क्षेत्री अधिकारीले १० हजार ४२९ मत ल्याए । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुङले २ हजार ४७९ मत पाए भने राप्रपाका बाबुराम थापाले ९७८ मत ल्याए ।

विजयी पौडेल बालेन समूहबाट रास्वपा केन्द्रीय सदस्य हुन् । गनेस पौडेलको नामले परिचित खडकराज पौडेल पोखरा–१४ मझेरीपाटनका लेखक, शिक्षक र सामाजिक अभियन्ता हुन् । अंग्रेजी साहित्यमा स्नातक तथा पोखरा विश्वविद्यालयबाट बिजनेस एडमिनिस्ट्रेसन (एमबिए) गरेका उनले १५ वर्षभन्दा बढी शिक्षण अनुभव सँगालेका छन् ।

उनी पोखरामा ‘¥यान्डम रिडर्स सोसाइटी’ मार्फत पठन संस्कृतिको विकास गर्ने अभियानका परिकल्पनाकारका रूपमा पनि चिनिन्छन् । ‘पैताला’ जस्तो प्रयोगवादी उपन्यासमार्फत साहित्यमा ‘एब्सर्ड’ चेत भित्र्याएका पौडेलले परम्परागत राजनीतिक संस्कृतिको आलोचना गर्दै ‘विचारले जित्ने, चरित्रले टिक्ने’ वैकल्पिक राजनीतिको पक्षमा आफूलाई उभ्याउँदै आएका थिए । उनी ‘अटेरी’ अभियानका प्रवर्तकका रूपमा समेत परिचित छन्, जसलाई उनले सत्ता र शक्तिको दुरुपयोगविरुद्ध नागरिकस्तरको सविनय अवज्ञाको रूपमा व्याख्या गर्ने गरेका छन् ।

२०७९ को स्थानीय तहको निर्वाचनमा उनी लौरो चुनाव चिह्न लिएर पोखराको मेयरमा प्रतिस्पर्धा गरेका थिए । उनले ३ हजार ३० मत प्राप्त प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->