सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कार्की आयोगले बुझायो प्रधानमन्त्रीलाई जेनजी आन्दोलन सम्बन्धि प्रतिवेदन

कार्की आयोगले बुझायो प्रधानमन्त्रीलाई जेनजी आन्दोलन सम्बन्धि प्रतिवेदन


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन २४ २०८२, आइतबार

पोखरा/ गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आज जाँचबुझ प्रतिवेदन बुझाएको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आइतबार सिंहदरबारमा प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा उल्लेख भएको विषय बाहिर आइसकेको छैन । सरकारले गत असोज ५ मा भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझका लागि आयोग गठन गरेको थियो । आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य छन् ।

ीआयोगले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा युवाहरूको ज्यान जानेगरी भएको घटनाबारे १५० जना भन्दा धेरै सरकारी अधिकारीहरू र आन्दोलनका प्रत्यक्षदर्शीहरुसँग बयान लिएको थियो । जेनजी आन्दोलन हुँदा केपी शर्मा ओलीको नेतृत्वमा सरकार थियो । त्यसबेला गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौँका प्रजिअ छविलाल रिजाल थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->