शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

इरानको ड्रोन आक्रमणमा ज्यान गुमाएका गोरखाका दिवसको पशुपतिमा अन्तिम संस्कार

इरानको ड्रोन आक्रमणमा ज्यान गुमाएका गोरखाका दिवसको पशुपतिमा अन्तिम संस्कार

दिवसको शव शनिबार एयर अरेबियाको उडानमार्फत ल्याइएको थियो ।


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन २४ २०८२, आइतबार

गोरखा /  इरानको ड्रोन आक्रमणमा परी यूएईको अबुधाबीमा ज्यान गुमाएका गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँठीका दिवस श्रेष्ठको शव नेपाल ल्याएर पशुपतिमा अन्तिम संस्कार गरिएको छ । उनको शव एयर अरेबियाको उडानमार्फत शनिवार ल्याइएको थियो ।

भीमसेन थापा–७ का वडाध्यक्ष नारायण श्रेष्ठका अनुसार दिवसको १३ दिने काजक्रियामा उनका बुबा चामबहादुर बसेका छन् । बोर्लाङको घरमा काजकिरियाको काम सुरु भएको उनले बताए । दिवस परिवारका एक्ला छोरा हुन् ।

ड्रोन आक्रमणमा परेका दिवसको टाउको पछाडिको भागमा बढी चोट लागेको वडाध्यक्ष श्रेष्ठले बताए । दिवस डेढ वर्षअघि मात्र रोजगारीका लागि मिडल इस्ट कम्पनीमार्फत सेक्युरिटी गार्डको रुपमा काम गर्न यूएई पुगेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->