बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नगर प्रहरी, विद्यार्थी र ट्राफिकको सहकार्यमा सचेतना

नगर प्रहरी, विद्यार्थी र ट्राफिकको सहकार्यमा सचेतना


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन २६ २०८२, मंगलबार

म्याग्दी/त्रिपक्षीय सहकार्यमा सवारी दुर्घटना न्यूनिकरणका लागि सवारी चालकलाई ट्राफिक नियमबारे सचेतना अभियान मंगलबारदेखि बेनीमा शुरु गरीएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दी, जिल्ला प्रहरी कार्यालय, बेनी नगरपालिका र विद्यार्थीको सहकार्यमा ट्राफिक सचेतना शुरु गरिएको हो ।

प्रकाश माध्यमिक विद्यालयको कक्षा ९ का विद्यार्थीले बेनी बजार क्षेत्रमा ट्राफिक नियमबारे सचेतना गराउन थालेका हुन् । विद्यार्थी ट्राफिक स्वयंसेवक बनेर सदरमुकाम बेनीको चोकमा खटिएका छन् । उनीहरुले सडक प्रयोकर्तालाई ट्राफिक नियमको बारेमा नम्रपूर्वक जानकारी गराउँछन । प्रकाश माविका २० छात्रछात्राले पार्किङ, भिंडभाड र सवारीचाप हुने समयमा पैदलयात्रीलाई सहज, एकतर्फी नियमको पालना, विद्यालयको समयमा विद्यार्थीलाई सहयोग गर्ने गरी खटिएका छन् ।

विद्यार्थीलाई स्वंयमसेवकको रूपमा खटाएर ट्राफिक नियमको पूर्णपालना गराउने अभियानको सुरुवात गरेको ट्रफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख विशाल परियारले बताए । अहिले सवारीचालकहरु अधिकांश विद्यालय पढ्ने विद्यार्थीकै अभिभावक हुने भएकोले पनि उनीहरुलाई उनीहरुकै सन्तानले नियमको बारेमा सिकाउँदा प्रभावकारी हुने भएकाले पनि यो अभियान थालिएको हो । उनले भने, ‘विद्यार्थीको पढाइलाई असर नगर्ने गरी हामीले सहकार्य गरेका छौ, यो अभियान निरन्तर र अन्य विद्यालय तथा ग्रामिण भेकसँग पनि जोडिने छ । बेनी बजार क्षेत्र साँघुरो बजार भएकोले एकतर्फी सञ्चालन र पार्किङ नियम उल्लंघन भएको, सडक आसपासका पैदलयात्री अवातजावत गर्ने, एकतर्फी रुटको उल्लंघनमा विद्यार्थीसँगै ट्र«ाफिक र प्रहरीलाई परिचालन गरिएको हो ।

हिमाली जिल्ला म्याग्दीको सदरमुकाममा स्वयंसेवकको जिम्मेबारीमा खटिएका विद्यार्थीलाई सचेतनामुलक जानकारी समेत गराइएको छ । ट्रफिक प्रहरी प्रमुख असई परियारका अनुसार ट्राफिक नियमको पालना गराउन स्वयंसेवकको भूमिका राम्रो देखिन्छ, बिनाबर्दी ट्राफिकको काम गरिरहेकाको साथमा प्रहरी समेत हुन्छन् । सचेतनामुलक अभियानमा बेनी नगरपालिकाका नगर प्रहरी प्रमुख शंकर पौडेल सहित नगर प्रहरीको समेत उपस्थिति रहेको छ । आधारभूत ट्राफिक तालिम दिएर सदरमुकाम बेनीमा निजि तथा सामुदायिक विद्यालयसँग समेत सहकार्य गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->